काठमाण्डौ । नेपालीको महान पर्व विजया दशमी, शुभदिपावली, नेपाल संवत र छठलाई लक्षित गरी अई पे रेमिट प्रालिले ‘आई पे आयो, दक्षिणा पायो’ विशेष योजना र्सावजनिक गरेको छ।
यो योजना आज असोज १५ गतेबाट सुरु भई कात्तिक २५ गतेसम्म लागू हुनेछ। यस योजनाअन्तर्गत हरेक दिन ५ जाना भाग्यशाली विजेताले दक्षिणास्वरुप रु. २ हजार, हरेक हप्ता भुक्तानी दिने भाग्यशाली ५ जाना साझेदार मित्रहरुलाई दक्षिणास्वरुप रु. ५ हजार र बम्परमा १ जान भाग्यशाली विजेताले दक्षिणास्वरुप रु. १ लाख प्राप्त गर्नेछन्।
यस विशेष योजनामा मलेसिया, जापानलगायत विश्वको विभिन्न मुलुकबाट आई पे रेमिटमार्फत धेरैभन्दा धेरै कारोबार गरी योजनालाई सफल बनाइदिन सेवाग्राही र साझेदारहरुलाई कम्पनीले अनुरोध गरेको छ।
नेपालको जुनसुकै ठाउँमा छरिएर रहेको १२ हजार बढी भुक्तानी केन्द्रबाट आई पे रेमिटमार्फत पठाएको पैसा सजिलै प्राप्त गर्न सकिनुका साथै नेपालको जुनसुक बैंक तथा वित्तीय संस्थामा रियल टाइम अकाउन्ट डिपोजिट र २३ भन्दा बढी ई–वालेटमा रियल टाइम टप अप गर्न सकिने व्यहोरा आई पे रेमिटका बजार प्रमुख रुपनारायण श्रेष्ठले जानकारी दिए।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19