काठमाण्डौ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले आगामी आर्थिक वर्षको बजेट अत्यन्त व्यवहारिक र सकारात्मक रहेको ठहर गरेको छ।
महासंघले आज एक विज्ञप्ति जारी गर्दै आगामी बजेटले कोभिड–१९ को मारबाट शिथिल बनेको उद्योग, वाणिज्यलगायत अर्थतन्त्र र सामाजिक जनजीवनका हरेक क्षेत्रमा सहुलियत एवं राहातको व्यवस्था गर्नुका साथै अर्थतन्त्रको पुनरुत्थानका लाग गरिएको प्रक्षेपणसहितको पहल अत्यन्त व्यवहारिक र सकारात्मक भएको ठहर गरेको हो। ‘महामारीका कारण अर्थतन्त्रका विविध क्षेत्रले काम नै गर्न नसकेकोले आर्थिक वृद्धिदर ऋणात्मक हुन पुगेको अवस्थामा महामारीमाथि कठोर नियन्त्रण गरी अर्थतन्त्रलाई सुचारु तुल्याई वार्षिक ६ प्रतिशतको वृद्धिदर हासिल गर्ने अठोट र प्रतिबद्धतासहितको प्रक्षेपणले निजी क्षेत्रको मनोबल बढाएको छ’, विज्ञप्तिमा भनिएको छ।
विज्ञप्तिमा सुर्खेतमा स्वदेशी रत्न, पत्थरको प्रशोधन तथा प्रवर्द्धनका लागि निजी क्षेत्रसँगको सहकार्यमा परियोजना सञ्चालन गर्ने कार्यक्रम बजेटमा समावेश हुनुले आयात प्रतिस्थापन, निर्यात प्रवर्द्धन, रोजगारी विस्तार, राजश्व अभिवृद्धि आदि क्षेत्रमा ठोस योगदान पुग्ने विश्वास गर्न सकिने जनाइएको छ। स्वदेशी उद्योगका लागि सीपयुक्त जनशक्तिको आपूर्ति र परंपरागत पेसा एवं सीप विकासका लागि विभिन्न किसिमका तालिमको व्यवस्था गरिने पनि बजेट वक्तव्यमा उल्लेख हुनु थप उत्साहजनक रहेको सुनचाँदी व्यवसायीको भनाइ छ। ‘बहुमूल्य गहना निर्माणको लागि कालिगढ तालिम दिईएमा युवा पुस्ताले उच्च पारिश्रमिक पाउने रोजगारी स्वदेशमा नै प्राप्त गर्न सक्ने छ’, विज्ञप्तिमा भनिएको छ।
बहुमूल्य गहनाको निर्यात विस्तारको बृहत सम्भावना रहेको सन्दर्भमा मुख्य कच्चा पदार्थका रुपमा रहेको सुनको चरम अभावले यस व्यवसायको भविष्य माथि नै गम्भीर चुनौती उत्पन्न हुने गरेको विज्ञप्तिमा जनाइएको छ। ‘त्यसैले सुनको आयातमा विगत लामो समय देखि कायम रहेको परिमाणात्मक बन्देज र एकाधिकारको पनि यस बजेट वक्तव्यमार्फत अन्त्य हुनेछ भन्ने अपेक्षा महासंघले राखेको थियो’, विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ यो विषयलाई नेपाल राष्ट्र बैंकबाट निकट भविष्यमा प्रस्तुत हुने आ.व. २०७८/७९ को मौद्रिक नीतिमार्फत सम्बोधन गरिनेछ भन्नेमा महासंघ पूर्ण विश्वस्त छ ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago