काठमाण्डौ । नेपालका लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ प्रालिले नेपालीको महान चाड दसैँको उपलक्ष्यमा ‘आहा दसैँ, चाडपर्वको उमंग हिरो चढी दंग’ भन्ने नयाँ योजना ल्याएको छ।

यस योजनाअन्तर्गत हिरो मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले रु. ७ हजार ५०० पक्का डिस्काउन्ट, स्क्रयाच कार्डमार्फत रु. १ लाखसम्म पाउन सक्ने र बम्पर लक्कीड्रमार्फत एकजनाले रु. १ लाख नगद पाउने छन्। 

यसका साथै सबै हिरो मोटरसाइकल र स्कुटरमा ०% डाउन पेमेन्टमा उपलब्ध हुने सुविधा पनि रहेको छ।