काठमाण्डौ । युवा लक्षित कार्यक्रम ‘काठमाण्डौ युथ कनक्लेभ–२०८० (केवाईसी)’ यही भदौ ९ गते शनिबार आयोजना हुने भएको छ।
केवाईसीको सम्पूर्ण तयारी पूरा भइसकेको र शनिबार बिहान ११ बजेदेखि ६ बजेसम्म सञ्चालन हुने आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो। कार्यक्रमलाई फिनिक्स कलेज र युनिभर्सल कलेजले संयुक्त रुपमा आयोजना गरेका हुन्। कार्यक्रम कमलादीस्थित प्रज्ञा प्रतिष्ठान भवनमा हुनेछ।
कार्यक्रमको मुख्य प्रयोजकमा नेपालको पहिलो मोबाइल वालेट इसेवा रहेको छ।
पत्रकार सम्मेलनमा फिनिक्स कलेजका प्रिन्सिपल प्राडा फत्तबहादुर केसीले यो कार्यक्रमले युवा विदेश पलायन हुने क्रम केही हदसम्ममात्रै भए पनि रोक्ने अपेक्षा गरिएको बताए।
ग्लोबल कलेजका प्रिन्सिपल तथा फिनिक्स नेटवर्कका चिफ एकेडेमिक डाइरेक्टर डा. शिवदत्त ज्ञवालीले देशमै बसेर विभिन्न क्षेत्रमा ख्याति कमाएका व्यक्तित्वबाट युवाले धेरै सिक्न पाउने बताए। युवालाई देशमै रोजगारी सिर्जना गर्न, नयाँ इनोभेशनका काम गर्न यो कार्यक्रम कोशेढुंगा हुने उनले अपेक्षा गरे।
पत्रकार सम्मेलनमा फिनिक्स कलेजका एकेडेमिक डाइरेक्टर अभिनाश अधिकारी, इजोनका अध्यक्ष रवीचन्द्र पराजुली लगायतको सहभागिता थियो।
देशको जनसंख्याको झन्डै ४० प्रतिशत ओगट्ने युवायुवतीहरुलाई एउटै मञ्चमा ल्याई देशको विभिन्न क्षेत्रमा ख्याती प्राप्त, अनुभवी तथा उल्लेख्य प्रगसत गरेका व्यक्तिहरुको ज्ञान, सीप, अनुभव बाँडी युवावर्गलाई देशको चौतर्फी विकासमा योगदान पुरÞ्याउन उत्साहित, अभिप्रेरित तथा दिशानिर्देश गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको युनिभर्सल कलेजका एकेडेमिक डाइरेक्टर, फिनिक्स नेटवर्कका डाइरेक्टर तथा कार्यक्रम संयोजक राजु टन्डनले बताए। उनले भने, ‘देशका शसक्त युवायुवतीलाई विदेश जानुभन्दा यही देशमा सम्भावना खोज्न उत्साहित गरी, नेपालमै शिक्षा प्रदान गरी, देशको आर्थिक विकासमा सक्रिय नेतृत्व दिइ, स्वरोजगारका अवसरहरु सृजना गरी राष्ट्रसेवामा अभिप्रेरित गर्न यस कार्यक्रमको भूमिका रहने छ।’
कार्यक्रममा करिब ५ हजार युवायुवतीको (खासगरी १६ देखि २५ वर्ष उमेरसमूहका) सहभागिता हुने आयोजकको आशा रहेको छ। यो केवाईसीको चौथो संस्करण हो।
कार्यक्रममा वरिष्ठ आँखारोग विशेषज्ञ डा. सन्दुक रुइत, चर्चित सेफ सन्तोष साह, कीर्तिमानी धाविका मिरा राई, एनसेलका सीईओ जबुर कायुमोभ, पब्जी मोबाइल टिम डीआरएस गेमिङ, सामाजिक अभियन्ता भूमिका श्रेष्ठ, इसेवाका सीईओ जगदीश खड्का, मोटिभेसन स्पिकर रुपेशभारा गौरा दास, गायक तथा संगीतकार नितेशजंग थापा, र्यापर महेश दोङ, गायक, गीतकार तथा गिटारिष्ट समीर श्रेष्ठ, कमेडियन साजन श्रेष्ठलगायतको सहभागिता, अन्तरक्रिया र प्रस्तुति रहने छ।
विगतका वर्षहरु सरह यस वर्षको ‘काठमाण्डौ युथ कनक्लेभ –युथ आइकन’ अवार्ड नेपालमा ई–स्पोर्टस्को नयाँ सम्भावना उजागर गर्न सफल नेपाली पब्जी टीम ‘डिआरएस’ लाई प्रदान गर्ने आयोजकले जनाएको छ। रु. १ लाख पुरस्कार राशि र सम्मान रहेको यो अवार्ड प्रत्येक वर्ष युवाहरुमा प्रेरणा दिने व्यक्तिलाई प्रदान गरिँदै आएको छ।
कार्यक्रमलाई थप आकर्षक बनाउन सांगीतिक प्रस्तुति, प्रहसन, नृत्य प्रस्तुतिलगायत विभिन्न स्टार्टअपमण्डप, खानाका स्टलहरु, खेलहरु तथा विद्यार्थीका रोचक प्रस्तुतिहरु पनि समावेश गरिएको संयोजक टन्डनले बताए। युवा लक्षित कार्यक्रम भएकोले युवाहरुलाई सक्रिय सहभागिता जनाउन पनि उनले आग्रह गरे।
कार्यक्रममा प्रवेश निःशुल्क गरिएको छ।
यस कार्यक्रमलाई सहयोग गर्नेमा Title Sponsor (eSewa), Powered By (Fonepay), Connected By (Ncell), Banking Partner (Nabil Bank), Two-Wheeler Partner (Yamaha), Bevarage Partner (Coca Cola), Tech Partner (Hifuture), ACCA Course Partner (CCA), Online Knowledge Partner (Ambition Guru), Gift Partners (Himalaya Floriculture, Hesse Tisa, Hesse, Hatti Hatti), Airlines Partner (Yeti Airlines), Clothing Partner (Snappish Wear), IT Partner (Code Himalaya), Health Partner (Green Life Health Care), Placement Partner (Jobs Dynamics), News Partner (edusanjal), Social Media Partner ( RONB), Sports Partner (Cricket Excellence Partner), Institute Partner (Career Consult), Production Partner (Mertz Creation), Performance Partner (D-Palace Fitness and Dance Institute), Mobile Partner (Nothing Phone (2) by Tech Studio), Tailoring Partner (Merina Impex), Restro and Meet Partner (Carnival), Digital Partner (Chainge Digital), Entertainment Partner (QFX Cinemas), Broadcast By (Kasthamandap Gold HD Television) लगायत रहेका छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago