काठमाण्डौ । नेपालको पहिलो र सबैभन्दा ठूलो एक्सपो शिशु र बालबालिकाहरुका लागि यही पुस ९ गते ‘किड्स एक्सपो–२०२२’ आयोजना गर्ने भएको छ। 

काठमाण्डौको नक्सालस्थित राई स्कुलमा हुने एक्सपो बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। एक्सपोमा आईएमएस ग्रुप टाइटल स्पोन्सर र स्मार्टडोको अनलाइन पार्टनर रहेका छन्।

अन्तर्राष्ट्रिय र राष्ट्रिय ब्रान्डहरु जस्तै–  डा. ब्राउन, क्रेन, क्रेन बेबी, बिबिलव, ड्रिमबेबी, हिमालया, पाराकिटो, स्मार्टडोको, किको, सीजी फुड्स, मामाअर्थ, बेबी ट्री, चोकोफन, कोजी लाउन्ज वेयर, स्विमसुइट नेपाल, किड्जको, फन स्टेसन, कृष्णा पौरोटी भण्डार र अन्य धेरै ब्रान्डका स्टल प्रदर्शनमा हुनेछ। अभिभावक र बच्चाहरुले विभिन्न स्टलहाट सामान किनमेल गर्न, स्वादिष्ट खाना खान, विभिन्न खेलका मज्जा लिन साथसाथै लक्की ड्रमा सहभागी भई पुरस्कारहरु जित्ने मौका पाउन सक्नेछन्। 

भिजिटरहरुले ब्रान्डहरुमा भारी छुट र अफरहरुको मज्जा लिन सक्नेछन्। यस एक्सपोमा सेलिब्रिटी आमाहरु प्रियंका कार्की, जेनिसा मोक्तान, ऋचा शर्मा र श्वेता खड्का आफ्ना बच्चाहरुसँग उपस्थित हुनेछन्।

भिजिटरहरूले मात्र रु. २५० मा टिकट खरिद गर्न सक्नेछ। जसमा १३ वर्षभन्दा मुनिका बालबालिकालाई निःशुल्क प्रवेश  हुनेछ।

भिजिटरले ई–सेवाबाट अनलाइनमा टिकटहरु खरिद गर्न सक्नेछन् वा आईएमएस लिटिल स्माइल्स शोरुमहरु (दरबारमार्ग र सिटी सेन्टर), राई स्कुल (नक्साल), किड्जको (आयप्लेक्स मल बानेश्वर) र गुडफेलास (बसन्तपुर) मार्फत टिकटहरु खरिद गर्न सक्नेछन्।