काठमाण्डौ । हालै नेपालमा कोका–कोलाले आफ्नो ग्लोबल क्याम्पेन ‘अपलिफ्ट’ को दोस्रो संस्करण सुरु गरेको छ। 

यो वर्ष क्याम्पेनको ट्यागलाइन ‘कोक उठाउँ, आफूलाई जगाउँ’ रहेको छ। जसले कोक पिउनुहोस् र आफूलाई रिफ्रेस गराउनुहोस् भन्ने सन्देश दिन्छ। यो क्याम्पेनको उद्देश्य उपभोक्तालाई दिउँसोको अल्छीलाग्दो समयलाई एक बोतल चिसो कोकका साथमा रमाइलो र रिफ्रेसिङ बनाउन सकिन्छ भन्ने सन्देश दिनु हो।

कोका–कोला नेपालले नयाँ टीभीसी सार्वजनिक गरेको छ। जसमा मोडेल अदिति बुढाथोकीलाई फिचर गरिएको छ। टीभीसीमा अदिति दिउँसोको पट्यारलाग्दो समयमा आफ्नो साथीलाई स्कुलको हल–वेमा पर्खिरहेको देख्न सकिन्छ। त्यसै क्रममा उनको साथी दुईवटा कोक लिएर अदितितर्फ गइरहेको देख्न सकिन्छ। अदिति चिसो कोका–कोला पिउँछिन् अनि कोका–कोलाको रिफ्रेसिङ स्वादले तुरुन्तै अपलिफ्ट हुन्छिन्। रिफ्रेस्ड भएकी अदिति र उनको साथी दुवैजना खुसी हुँदै आफ्नो बाटो लाग्छन्।

क्याम्पेनका बारेमा बोल्दै कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर  आदर्श अवस्थीले भने, ‘हामीले यो क्याम्पेनमार्फत हाम्रा उपभोक्तालाई उहाँहरु जहाँ भए पनि र जस्तोसुकै समयमा पनि कोका–कोलाका साथले उहाँहरुलाई अपलिफ्ट गराउन सक्छ भन्ने सन्देश दिन चाहन्छौँ।’

बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, ‘एक बोतल चिसो कोकले नै कति अपलिफ्ट गराउन सक्छ भन्ने सन्देश यो क्याम्पेनले दिन खोजेको छ। पक्कै पनि हामी सबैजनालाई दिउँसोको समय अल्छीलाग्दो लाग्छ। तर, त्यो पट्यार लाग्दो समयमा एक बोतल चिसो कोकले नै हाम्रा उपभोक्तालाई स्फुर्ती प्रदान गर्नेछ भन्ने विश्वास लिएको छु।’

कोका–कोलाले यो क्याम्पेनभरि कोक पारखीहरुका लागि थुप्रै सरप्राइजहरु तयार पारेको छ। क्याम्पेनसम्बन्धी सम्पूर्ण जानकारीहरुका लागि कोका–कोला नेपालको फेसबुक र इन्स्टाग्राम पेज @cocacolanepal लाइक र फलो गर्नुहोला।

बजारमा उपभोक्ताको मागअनुसार कोका–कोलाको विभिन्न साइज र बोतलमा उपलब्ध छन्। जसमा (१७५ एमएल र २५० एमएलका ग्लास बोतल) र २५० एमएल , ५०० एमएल, १ लिटर, १.५ लिटर, २.२५ लिटरका पेट बोतल छन्। 

त्यसैगरी बजारमा कोका–कोला जेरो सुगर पनि उपलब्ध छ।