काठमाण्डौ । केएल दुगड ग्रुपले ज्ञान ब्रान्डअन्तर्गतको नयाँ उत्पादन ‘क्याफेजा रिच रोस्ट’ इन्स्ट्यान्ट कफी औपचारिक रुपमा सार्वजनिक गरेको छ। 

क्याफेजा रिच रोस्ट ह्यान्डपिक गरिएको कफी बिनहरुबाट तयार गरिएको हो। जसमा अरेबिका र रोबस्टाको प्रिमियम मिश्रण समावेश छ। कफीप्रेमीहरुका लागि ज्ञान क्याफेजा रिच रोस्ट कफी एक उत्कृष्ट रोजाइ हो।

उच्च गुणस्तर सुनिश्चित गर्न खाद्य प्रविधिका अनुभवी र कुशल विशेषज्ञहरुले कफीलाई विभिन्न विधिका माध्यमबाट परीक्षण र उपभोगका लागि उत्कृष्ट प्रमाणित गरेका छन्।

कफीप्रेमीहरुले अब ज्ञान क्याफेजा कफी  डिपार्टमेन्ट स्टोरहरु, दराज डट कम डट एनपी तथा किराना पसलमा खरिद गर्न सक्नेछन्। यो उत्पादन ४० ग्राम पाउच र ३६० ग्रामको बक्समा लन्च उपलब्ध छ।