काठमाण्डौ । खल्तीले नेपाल क्रेडिट एन्ड कमर्सियल बैंक लिमिटेड (एनसीसी बैंक) सँग सहकार्य गरी बैंक लिंक सुविधा ल्याएको छ। 

यस सुविधा सुचारु भएलगत्तै खल्ती प्रयोगकर्ताले एनसीसी बैंक खाता खल्तीमा सजिलै लिंक गर्न सक्नेछन्। पहिलोपटक आफ्नो एनसीसी बैंक खाता खल्तीमा लिंक गर्दा तत्काल रु. १०० बोनस र एक भाग्यशाली प्रयोगकर्ताले स्मार्टफोन जित्ने मौका पाउनेछन्।

त्यतिमात्र नभएर एनसीसी बैंकले अब खल्तीसँग बैंक लोड र बैंक ट्रान्सफर सेवा पनि उपलब्ध भएको छ। यी सेवामार्फत प्रयोगकर्ताले एनसीसी बैंकको ई–बैंकिङ र एमबैंकिङ प्रयोग गरी खल्तीबाट सजिलैसँग पैसा पठाउन र झिक्न सक्नेछन्।

आफ्नो एनसीसी बैंक खाता खल्तीमा पहिलोपटक लिंक गर्ने कुनै पनि प्रयोगकर्ताका लागि बोनस र स्मार्टफोन दुबै लागू हुनेछ। बैंक लिंक गर्न प्रयोगकर्ताले आफ्नो केवाईसी प्रमाणित गरेको हुनुपर्छ।

यसका साथै एनसीसी बैंक वा खल्तीमा उपलब्ध अन्य कुनै पनि बैंकलाई पहिलोपटक लिंक गर्न रिफर गर्ने जोकोहीले पनि बैंक रेफरलमा रु. ५० प्राप्त गर्न योग्य हुनेछन्। बैंक लिंक सेवाले प्रयोगकर्तालाई वालेट लोड नगरी सजिलै पानी, इन्टरनेट, बिजुली, सरकारी राजस्व, टिकट बुकिङ, स्क्यान र भुक्तानी, र अन्य उपलब्ध सेवाजस्ता प्रत्यक्ष बिल भुक्तानी गर्न सकिन्छ। 

यी सेवाका साथै अफरको बारेमा ‘खल्ती’ डिजिटल वालेटका प्रमुख कार्यकारी निर्देशक बिनय खड्का भन्छन्, ‘खल्ती र एनसीसी बैंकका प्रयोगकर्ताले यस सेवाबाट धेरै लाभान्वित हुनेमा हामी विश्वस्त छौँ। एकपछि अर्को गर्दै हामी प्रत्येक बैंक–सम्बद्ध प्रयोगकर्तालाई यो सेवा उपलब्ध गराएर डिजिटल भुक्तानीलाई सरल र सहज बनाउने लक्ष्य राख्नेछौँ।’

नेसीसीसँगै २० वटाभन्दा बढी बैंकलाई खल्तीसँग जोड्न सकिन्छ।

‘खल्ती’ नेपाली फिनटेक उद्योगमा एक फरक एवं नवीन पहिचान बोकेको ब्रान्ड हो। २० लाखभन्दा बढी प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै– मोबाइल र टीभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ, बीमा प्रिमियम तथा अनलाइन सपिङ साइटमा भुक्तानी गरी ६० हजार बढी सेवाको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ।