काठमाण्डौ । २०१७ मा आफ्नो यात्रा सुरुवात गरेको नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ले आज आफ्नो ५ औं वार्षिकोत्सव मनाएको छ।
हरेक नेपाली घर परिवारको दैनिक भुक्तानीहरु डिजिटाइज गर्ने लक्ष्य लिएर अघि बढिरहेको ‘खल्ती’ ले दैनिक लाखौँ मानिसहरुको जीवन सहज गर्दै आएको छ। यस ५ वर्षलाई ‘पाँ...च वर्ष’ मान्ने कि ‘मात्र ५ वर्ष’ त?
कुनै पनि स्टार्टअप कम्पनीले पाँच वर्ष पूरा गर्नु भनेको जनमानसमा आफ्नो पकड जमाउन र प्रभाव पार्न सफल हुनु हो। ‘खल्ती’ ले पनि आफ्नो ५ बर्षे लामो यात्रामा यसलाई सत्य सावित गरेको छ। तर, लामो दूरी तय गर्ने हिसाबले हेर्दा ‘खल्ती’, ‘मात्र ५ वर्षको’ भएको हो । यसले ल्याउन सक्ने प्रभावले आउँदो डिजिटल नेपालको भविष्यको बाटो कोर्ने सम्भावना बोकेको छ ।
युवाहरुमाझ बढी प्रचलित ‘खल्ती’ नेपाली फिनटेक उद्योगमा एक फरक एवं नवीन पहिचान बोकेको ब्रान्ड हो । युवाहरुले नै भरिएको मार्केटिङ टिम भएको ‘खल्ती’ को जानकारी प्रवाह गर्ने माध्यम पनि साधारणतय हुने मार्केटिङभन्दा भिन्न छ। आफ्नो वार्षिकोत्सवमा रमाइलो भिडियो सार्वजनिक गरी यसलाई फेरि पनि सावित गर्न सफल भएको छ।
यसका साथै आफ्नो जन्मदिनभन्दा एक दिन अगाडि ट्विटरमा जन्मदिनको रिमाइन्डर राखी ट्विटरमा हलचल ल्याउन सफल भएका छन्।
सो ट्विटमा अरु ब्रान्ड जस्तै वर्ल्डलिंक, पठाओ, फुडमान्डु पनि रमाइलो ट्विटका साथ हाजिर भएका थिए।
यसै अवसरमा ‘खल्ती’ का प्रमुख कार्यकारी अधिकृत, बिनय खड्का भन्छन्– ‘आगामी दिनमा हरेक उमेर समूहलाई ‘खल्ती’ प्रयोग गर्न उत्प्रेरित गर्ने उद्देश्यका साथ ’खल्ती’लाई अझै सरल र उपयोगी बनाउने हिसाबले थप सेवासुविधा लिएर आउने हाम्रो लक्ष्य छ। प्रत्यक्ष–अप्रत्यक्ष रुपमा ‘खल्ती’सँग यो यात्रामा आबद्ध हुनुभएका सबैलाई ’खल्ती’ टिमको तर्फबाट हार्दिक बधाई तथा धन्यवाद दिन चाहन्छु।’
यसका साथै आजको दिनसम्मको सुनौलो यात्रा सम्झिदै ‘खल्ती’का चार संस्थापक तथा डाइरेक्टरहरुले आफ्ना अनुभव र धारणा सार्वजनिक गरेको छ।
अमित अग्रवाल भन्छन्, ‘हामी हरेक प्रयोगकर्ताको समस्या र आवश्यक्ता सुनी सोअनुसारको सहज सुविधा ल्याउन प्रयत्नरत छौँ। यसका लागि विभिन्न सेवा, सुविधा तथा आकर्षक अफरहरु समयअनुसार विस्तार गर्दै डिजिटल नेपालको सपना सार्थक गर्न लागिपरेका छौँ र हरेक दिन हिजोभन्दा आज र आजभन्दा भोलि अझ राम्रो हुँदै जानेछौँ।’
मनिष मोदी भन्छन्, ‘डिजिटल नेपालको सपना र सबै नेपालीमाझ पुग्ने भिजनका साथ सुरु गरेको ’खल्ती’लाई आजको दिन यो स्थानमा पुर्याउन सदैव साथ दिने मेरो टिम, परिवार, साथीहरु, प्रयोगकर्ताहरु, एजेन्टहरु, बैंकहरु, व्यापारीहरु, आवेदकहरु तथा शुभचिन्तकहरुलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। आगामी दिनमा पनि यही साथ, सहयोग र उत्साहजनक सहभागिता र साथको आशा ‘खल्ती’ टिमले राखेको छ।’
अरविन्द साहले भने, ‘खल्तीले नेपालको डिजिटल इकोसिस्टममा एउटा क्यटालिस्टका रुपमा सुरुआती तरंग ल्याउन सकेकोमा सम्पूर्ण खल्ती टिम र प्रत्यक्ष–अप्रत्यक्ष संलग्नहरुप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै छैटौँ वर्षभित्र कमसेकम ५० लाख नेपालीको साझा र विश्वश्नीय सेवा प्रदायकको रुपमा स्थापित गराउने लक्ष्यमा साथ र सहयोगको अपेक्षा राखेको छु।
ध्रुव अधिकारी भन्छन्, ‘आधा दशकदेखि निरन्तर सरल, सुलभ र सुरक्षित भुक्तानीको सही प्रत्याभूति प्रदान गर्न अनवरत लागिरहेको खल्तीलाई अबको दिनमा अझै पृथकीकरण गर्दै लैजाने दायित्व बढेको छ । त्यसैले प्रारम्भिक भुक्तानी प्रदायकको सतहबाट माथि उठेर भोलिको बजारलाई नै निर्देशित गर्ने गरी काम गर्ने जिम्मेवारीवोध गर्दै कार्य अगाडि बढाउने प्रयासमा हामी अझै उत्प्रेरित रहने छौ भन्ने कुरामा हाम्रो प्रतिबद्धता रहनेछ । प्रविधिको आक्रामक सुधार र स्त्तरोन्नतिलाई पनि हामीले हाम्रो आगामी कार्यदिशामा राखिसकेका छौँ । खल्ती भुक्तानी प्रदायकमात्र नभएर जीवनशैली नै बन्नेछ।’
हाल २३० भन्दा बढी संख्यामा रहेको ‘खल्ती’ परिवारले आफ्नो सफलताको सम्पूर्ण श्रेय आफ्ना प्रयोगकर्तामाझ समर्पित गर्दै ५ औँ वार्षिकोत्सवका अवसरमा ‘खल्ती’ ले आफ्ना प्रयोगकर्ताका लागि ‘रिफर एन्ड अर्न’ को धमाकेदार अफर पनि ल्याएको छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19