काठमाण्डौ । नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ ले ‘खल्तीमा १०० जीबी’ अफर ल्याएको छ। जसअन्तर्गत ‘खल्ती’ प्रयोगकर्ताले वर्ल्डलिंकका १४ हजार बढी हटस्पटमा १०० जीबी फ्री वाईफाई ३० दिनको प्रयोग गर्न सक्नेछन्।
१०० जीबी फ्री वाईफाई एक्टिभेट गर्नुअघि खल्ती प्रयोगकर्ताले वर्ल्डलिंकको फ्री वाईफाईमा लागि रजिस्टर भने गरेको हुनुपर्नेछ। रजिस्टर गरेपश्चात ‘खल्ती’ एपको ‘पपुलर सर्भिसेस’ मा रहेको ‘खल्तीमा १०० जीबी’ आइकनमा गई ‘गेट १०० जीबी फ्री वाईफाई’ मा ट्याप गरी एक्टिभेट गरेपछि आउँदो ३० दिनसम्म फ्री वाईफाई प्रयोग गर्न सकिनेछ।
प्रयोगकर्ताको दर्ता गरिएको खल्ती आईडी र वर्ल्डलिंक फ्री वाईफाईमा रजिस्टर्ड आईडी भने एउटै हुनुपर्नेछ। यो अफर पुस २७ गतेदेखि आउँदो माघ २६ गतेसम्म लागू हुनेछ।
यस सुविधामार्फत नेपालमा उपलब्ध भएको १४ हजारभन्दा बढी ठाउँहरुबाट जुनसुकै समयमा पनि सजिलै इन्टरनेटको सुविधा प्राप्त हुनेछ।
‘खल्ती’,नेपाली फिनटेक उद्योगमा एक फरक एवं नवीन पहिचान बोकेको ब्रान्ड हो । २० लाखभन्दा बढी प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै– मोबाइल र टीभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ, बीमा प्रिमियम तथा अनलाइन सपिङ साइटमा भुक्तानी गरी ६० हजार बढी सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ। यसका साथै विभिन्न क्यासब्याक तथा छुट प्रदान गरी प्रयोगकर्तालाई समयका साथै पैसाको बचतमा पनि ‘खल्ती’ले योगदान दिँदै आएको छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19