काठमाण्डौ । अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ डिजिटल वालेटले करदाताहरुका लागि काठमाण्डौ महानगरपालिकाको कर घरै बसी भुक्तानी गर्न मिल्ने सुविधा लिएर आएको छ।
यो सुविधा उपलब्ध भएलगत्तै करदाताले काठमाण्डौ महानगरपालिकाको तिर्नुपर्ने करहरु जस्तै- जग्गा, घर, भाडा, सवारीसाधन, व्यवसायको कर अब ‘खल्ती’ मार्फत सहजै भुक्तानी गर्न सक्नेछन्।
यस सेवाका बारे थप बोल्दै ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले भने, ‘स्थानीय तहमा बुझाउने कर तथा सेवा शुल्क अनलाइनमार्फत नै भुक्तानी गर्न पाउँदा त्यस क्षेत्रका बासिन्दालाई सहज हुनेछ कुरामा हामी विश्वस्त छौँ। साथै अहिलेको कोभिड–१९ को महामारीका बेला घरबाटै सेवा लिँदा अझ सजिलो र सुरक्षित हुने अपेक्षा हामीले राखेका छौँ।’
करदाताले तल बताइएको तरिकाअनुसार ‘खल्ती’ छनौट गरी भुक्तानी गर्न सक्नेछन्–
खल्ती’, नेपाली फिनटेक उद्योगमा एक फरक एवं नवीन पहिचान बोकेको ब्रान्ड हो। २० लाखभन्दा बढी प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै– मोबाइल र टीभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ, बीमा प्रिमियम तथा अनलाइन सपिङ साइटमा भुक्तानी गरी ६० हजार बढी सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ। यसका साथै विभिन्न क्यासब्याक तथा छुट प्रदान गरी प्रयोगकर्तालाई समयका साथै पैसाको बचतमा पनि ‘खल्ती’ले योगदान दिँदै आएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19