 
                     
                                
                             
                                    काठमाण्डौ । नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ आईएसओ २७००१ः२०१३ द्वारा प्रमाणित भएको छ।
खल्तीले आफूसँग सम्बन्धित सबै सरोकारवालाको डाटा सुरक्षा तथा सञ्चालनलाई आईएसओ २७००१ः२०१३ प्रमाणीकरण गरेको हो। यस प्रमाणीकरण प्राप्त भएसँगै अब खल्तीको सञ्चन प्रक्रिय अझ पारदर्शी र सुरक्षित हुने अपेक्षा गरिएको छ।
आईएसओ २७००१ः२०१३ एक अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड हो। जसले निजी तथा सरकारी कम्पनीले कसरी आफ्नो डेटा व्यवस्थापन गरिन्छ, सूचना सुरक्षा व्यवस्थापन प्रणालीलाई कार्यान्वयन गरिन्छ, कायम राख्ने र निरन्तर रुपमा सुधार गरिन्छ भन्ने सन्दर्भमा उत्कृष्ट अभ्यासहरु प्रस्तुत गर्दछ। खल्तीले सुरक्षित डाटा सुरक्षा व्यवस्थापन, उपलब्धता र उत्तरदायित्व कायम गर्न तथा सुरक्षा उल्लंघनलाई रोक्न र न्यूनीकरण गर्न प्रतिबद्ध रहने वाचा गरेको छ।
यस प्रमाणीकरण बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘हामी आईएसओ २७००१ः२०१३ द्वारा प्रमाणित भएसँगै खल्तीको सेवा र डाटा सुरक्षा प्रतिको प्रतिबद्धलाई अझै प्राथमिकता दिँदै साथमा लाग्ने बिश्वास दिलाउन चाहन्छौँ र साथै हामीप्रतिको यो विश्वासलाई कायम गर्दै अझै गुणस्तरीय सेवा प्रदान गर्न हामीलाई थप चुनौती थपिएको छ। जुन पूरा गर्न हामी सदैव प्रतिबद्ध छौँ।’
यस कुरामा थप गर्दै खल्तीका प्रमुख प्रविधि अधिकृत तथा सहसंस्थापक ध्रुव अधिकारीले भने, ‘प्रमाणीकरणले योग्य हाम्रो खल्तीमा उद्योग मानक सुरक्षा अभ्यासहरु, हामीले दैनिक रुपमा निर्माण गर्ने व्यापार प्रक्रिया र प्रविधिप्रति हाम्रो प्रतिबद्धतालाई समर्थन गर्दछ।’
भर्खरै आईएसओ २७००१ः२०१३ बाट मान्यता प्राप्त साथै डब्ल्यूआईटीएसए ग्लोबल इनोभेसन एन्ड टेक एक्सिलेन्स अवार्डस् २०२२ विजेता खल्ती आफ्नो सेवाको छैटौँं वर्षमा पुगेको छ। यी वर्षहरुमा खल्तीले ६० हजार बढी एजेन्ट नेटवर्कसँगै देशभर २५ लाख बढी प्रयोगकर्ताको परिवारमा वृद्धि गरेको छ। सबै नेपालीमा वित्तीय साक्षरताका साथै संलग्नता ल्याउने उद्देश्यका साथ खल्तिले बिलहरु भुक्तानी, मोबाइल र टीभी रिचार्ज, उडान र चलचित्र टिकट बुकिङ, बीमा प्रिमियम, अनलाइन सपिङ साइटहरु, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरु र अन्य धेरैजस्ता डिजिटलाइज्ड सेवाहरु उपलब्ध गराएको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19