काठमाण्डौ । खल्ती प्राइभेट लिमिटेडले वीरगन्ज उद्योग वाणिज्य संघको ४७ औंँ साधारणसभामा सम्मान कार्यक्रममा नेपालको व्यापारिक इकोसिस्टममा योगदानस्वरूप सम्मान प्राप्त गरेको छ। 

कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघ नेपालका विभिन्न क्षेत्रमा आफ्नो उत्कृष्ट कार्यमार्फत योगदान पुर्याउने संस्था र व्यक्तिहरु सम्मानित गरेका थिए। स्वदेशमै बसी केही गरौँ भन्ने अभिलाषा लिएको मोबाइल वालेट ‘खल्ती’को ६ वर्षको सफलतालाई संघले सम्मान गरेको हो। 

खल्तीका तर्फबाट सहसंस्थापक अमित अग्रवालले यो सम्मान ग्रहण गर्न कार्यक्रममा उपस्थित भएका थिए। सम्मान प्राप्त गर्दै उनले आफ्नो जन्मथलो वीरगन्जप्रतिको पनि संलग्नक दर्शाए। यसका साथै खल्तीलाई आजको दिन यो स्थानसम्म पुर्याउन सहयोग गर्ने सम्पूर्ण खल्ती प्रयोगकर्ता, साझेदार, व्यापारी, एजेन्ट, नियामक, कर्मचारी र अन्य सरोकारवालालाई उनले धन्यवाद व्यक्त गरे। 

यसबारे खल्तीका सहसंस्थापक अमित अग्रवाल भने, ‘वीरगन्ज उद्योग वाणिज्य संघद्वारा सम्मानित हुनु हामी सम्पूर्ण खल्ती परिवारका लागि गर्वको कुरा हो। हाम्रो मेहनतको कदर गर्दै प्रदान गरिएको यस सम्मानले हामीमाझ अझ धेरै हौसला ल्याएको छ। आगामी दिनमा पनि वित्तीय समावेशीकरण प्रदान गर्ने हाम्रो उद्देश्यलाई लिई अघि बढ्नेछौं।“ 

ISO 27001:2013 बाट मान्यता प्राप्त साथै भर्खरै WITSA Global Innovation & Tech Excellence Awards 2022 बाट सम्मानित खल्ती आफ्नो सेवाको छैटौँ वर्षमा पुगेको छ। हाल खल्तीमा देशभरिका ३१ लाखभन्दा बढी प्रयोगकर्ता, ७० हजारभन्दा बढी एजेन्ट, ६० हजारभन्दा व्यापारी, ५० भन्दा बढी बैंक तथा वितीय संस्था, १ हजारभन्दा बढी सहकारी र २५० भन्दा बढी कर्मचारीको परिवारमा वृद्धि गरेको छ। 

सबै नेपालीमा वित्तीय साक्षरता ल्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवामार्फत बिल भुक्तानी, मोबाइल र टीभी रिचार्ज, हवाई, सिनेमा र इभेन्ट टिकट बुकिङ, बीमा शुल्क, ई–कमर्श, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिल र थुप्रै डिजिटलाइज्ड सेवा उपलब्ध गराएको छ।