काठमाण्डौ । नेपालभरका किशोरकिशोरीले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर गर्दै र उनीहरुको प्रतिभा र उत्साहलाई प्रेरित गर्न आयोजना गरिने ग्लोकल टिन हिरो नेपालको आठौँ संस्करणमा डिशहोमले पार्टनरसिप गरेको छ।

नेपालभरबाट विभिन्न विधाबाट सहभागी ६४८ किशोरकिशोरीले आवेदन दिएकामध्ये ६ जना प्रतिस्पर्धी ग्लोकल टिन हिरो २०२२ को फाइनलमा पुगेका छन्।

आउँदो सेप्टेम्बर १ सोल्टी होटेलमा हुने सम्मेलन र अवार्ड कार्यक्रममार्फत ग्लोकल टिन हिरो २०२२ नेपाल विजेताको नाम घोषणा गरिनेछ।

वाई वाई ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी 

  • आशिष शाह, धनुषा–शिक्षा प्राविधिक
  • विमर्श पौडेल, चितवन–चलचित्र निर्माता
  • दर्शना रिजाल, मोरङ–महिला अधिकारकर्मी
  • निश्चल सिंह बिष्ट, अछाम–इकोप्रेनेउर
  • राहुल रञ्जन शाह, धनुषा–खगोल विज्ञान प्रेमी
  • सृजना गौतम, मोरङ–सामाजिक कार्यकर्ता