काठमाण्डौ । समसामायिक विषयवस्तुमा बनेको नेपाली चलचित्र ‘चिसो मान्छे’ डिशहोममा एक्सक्लुसिभ प्रदर्शन भइरहेको छ। विभिन्न कारणवश हलसम्म गएर यो चलचित्र हेर्न छुटाएका दर्शकले अव डिशहोमको सिनेमाघरमा सपरिवार एकैसाथ बसेर हेर्न सक्नेछन्। 

‘चिसो मान्छे’ सिनेमाघर च्यानल नं. १०८ मा दैनिक ८ शो बिहान १, ४, ७, १०, दिउँसो १, ४, साँझ ७ र राती १० वजे प्रदर्शन भइरहेको छ। 

यस्तै डिशहोमको नियमित प्याकेज रिचार्ज गर्दा आकर्षक बोनससँगै नयाँ–नयाँ नेपाली चलचित्र हेर्न सिनेमाघर च्यानल नं. १०८ को टिकट निःशुल्क पाउन सकिनेछ। 

३ महिना अथवा रु. १ हजार वा सोभन्दा माथिको रिचार्जमा रु. ३२५ बराबरको एउटा मुभी टिकट, ६ महिना अथवा रु. २ हजार वा सोभन्दा माथिको रिचार्जमा रु. ६५० बराबरको २ वटा मुभी टिकट, १२ महिना अथवा रु. ५ हजार वा सोभन्दा माथिको रिचार्जमा रु. १ हजार ३०० बराबरको ४ वटा मुभी टिकट ग्राहकले पाउन सक्नेछन्।

डिशहोमको नियमित प्याकेज रिचार्ज गरेको भोलिपल्ट बिहान ६ बजेपछि ८ अंकको सिनेमाघर च्यानल नं. १०८ को टिकट कुपन नम्बर ग्राहकको रजिस्टर्ड मोबाइल नं. मा एसएमएसमार्फत प्राप्त हुनेछ।

थप जानकारीका लागि डिशहोमका ग्राहक सेवा केन्द्रको फोन नं. १६६०–०१–२२०००, ९८०११५५००० वा ०१–४२१७६६६ मा फोन गर्न सकिनेछ।