काठमाण्डौ । यही मंगसिर २४ बाट सुरु भएको ‘टीभीएस सप्तरंग ३’को पहिलो दिनको कार्यक्रम काँकडभिट्टामा दर्शकहरुको निकै उत्साहाजनक संलग्नताका साथ सम्पन्न भएको छ।

कार्यक्रममा महानायक राजेश हमालका साथै मुख्यमन्त्री राजेन्द्र राईद्वारा टीभीएस रेडरको पनि उद्घाटन गरिएको थियो।

कार्यक्रमको दोस्रो दिन टीभीएसले आफ्नो बिर्तामोडमा रहेको शोरुम पाथिभरा अटो लिंक र लहानमा रहेको सोरुम राज औतोमोबाइल्समा पनि सप्तरंगको कलाकारहरु द्वारा टीभीएस रेडरको उद्घाटन गरेका थिए।

टीभीएस रेडरमा टीभीएस मोटर कम्पनीको नवप्रबर्तनात्मक डिजाइन, पृथक र बोल्ड डिजाइन थिमका साथ समाहित गरिएको छ। नयाँ मोटरसाइकलमा पृथक माचो पर्सनालिटी दिइएको छ र यसलाई अझ झल्काउनका लागि विशेष लोगोको प्रयोग गरिएको छ। यसमा रहेको बलियो र कलात्मक ट्यांकले टीभीएस रेडरलाई दरिलो मस्कुलर लुक्स प्रदान गरेको छ। यसका साथै यो दैनिक राइडका लागि स्पोर्टी, कम्प्याक्ट र फुर्तिलो पनि छ। 

टीभीएस रेडरमा सिग्नेचर डिजाइन तत्वका रुपमा समाहित विशिष्ट हेडल्याम्प र टेल ल्याम्पले पृथकता प्रदान गर्नुका साथै पर्याप्त भिजिबिलिटीपनि प्रदान गर्छ। यसमा विशेष डिजाइनसहितको टेक्स्चर तथा फिनिस प्रयोग भएका तरुण रंगहरु बाइकको स्पोर्टी र ईनर्जेटिक डिजाइनका अभिन्न पाटो हुन्।

टीभीएस रेडरले ६५०० आरपीएममा ११.५ एनएम टर्क र ८००० आरपीएममा १२.९ पीएस अधिकतम शक्ति उत्सर्जन गर्ने क्षमता राख्छ। यो मोटरसाइकलले श्रेणीमै उत्कृष्ट ० देखि ६० किलो मिटर प्रतिघन्टाको एक्सिलिरेशन मात्र ५.७ सेकेन्डमा प्राप्त गर्ने क्षमता राख्छ। कम्पनीले यसमा ग्यास चार्जड् फाइभ स्टेप एड्जस्टेबल मोनो सक सस्पेन्सन, लो फ्रिक्सन फ्रन्ट सस्पेन्सन र स्प्लिट सिट, ५ स्पिड गियरबक्स र १७ इन्च अलोय चंकी फराकिलो टायरको प्रयोग गरिएको छ। यिनले गर्दा बाइक नियन्त्रणमा सहजता हुनुका साथै आरामदायी अनुभवपनि प्राप्त हुन्छ।