काठमाण्डौ । आईटी र ई–कमर्स कलेजका रुपमा चिनिने सफ्टवेरिकाले आयोजना गरेको ‘टेक एक्सपो–२०२३’का विजेतालाई पुरस्कार हस्तान्तरण गरिएको छ।
सफ्टवेरिका कलेज परिसरमा गत जुलाई २७ देखि जुलाई ३० सम्म ‘स्मार्ट टेक्नोलोजी’सम्बन्धी प्रदर्शनी आयोजना गरिएको थियो। राजनीतिज्ञ, सेलिब्रेटी, प्रभावशाली व्यक्तित्वलगायत १० हजारभन्दा बढी सर्वसाधारणको उपस्थितिमा काठमाण्डौको डिल्लीबजारमा आयोजित ४ दिने प्रदर्शनीमा सफ्टवेरिका कलेजमा अध्ययनरत विद्यार्थीले तयार पारेका परियोजना प्रदर्शन गरेका थिए।
कार्यक्रममा ३० भन्दा बढी नवप्रवर्तन थिए र मुख्य आकर्षण रोबोटको लडाकु ‘रोबो वार’ थियो। जहाँ कार्यक्रमको अन्तिम दिन टोली ‘भाइपर स्ट्राइक’ले रोबो वार जित्यो र ‘काजाडोर’ उपविजेता बनेको थियो। विजेता टोलीले क्रमशः ७५ हजार रुपैयाँ र उपविजेता टोलीले २५ हजार रुपैयाँ प्राप्त गरेका छन्।
कार्यक्रमको उद्घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गरेकी थिइन्।
सफ्टवेरिका कलेजमा अध्ययनरत विद्यार्थीले तयार पारेका परियोजना प्रदर्शन गर्न प्रत्येक वर्ष प्रदर्शनी आयोजना गरिन्छ। यसपटक ‘आईओटी एक्सपो’ नामले चिनिने सफ्टवेयर प्रदर्शनीलाई ‘टेक एक्सपो’ नाम दिइएको थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago