काठमाण्डौ । बागमती प्रदेशको राजधानी हेटौंडामा डिजिटल बागमती संवाद आयोजना हुने भएको छ। आइसिटी फाउन्डेसन नेपालको आयोजनामा जेठ १७ गते मंगलबार हेटौंडामा डिजिटल बागमती संवाद आयोजना हुने भएको हो। 

संवाद मंगलबार हेटौंडाको एभोकाडो एण्ड अर्किड रिसोर्टमा आयोजना हुने आयोजकले जनाएको छ। डिजिटल संवादमा बागमती प्रदेशको डिजिटाइजेसन र डिजिटल रूपान्तरण विषयमा छलफल हुनेछ। 

ह्वावेको मुख्य प्रायोजन र इन्फोडेभलपर्सको सहप्रयोजनमा आयोजना डिजिटल संवादमा बागमती प्रदेशका सरकारी, निजी तथा सार्वजनिक क्षेत्रका विज्ञ सरोकारवालाहरुबीच प्यानल संवाद आयोजना हुनेछ। 

यसअघि बागमती प्रदेश बाहेकका अन्य ६ वटा प्रदेशमा डिजिटल संवाद कार्यक्रम आयोजना भइसकेको छ।