काठमाण्डौ । काठमाण्डौको भृकुटीमण्डपमा नेपालका ख्यातिप्राप्त ब्रान्डहरुले सञ्चालनमा ल्याएको ‘दसैँ जुत्ताचप्पल मेला’मा उपभोक्ताको भीड बढ्न थालेको छ।
चाडवाड लक्षित मेलामा विशेष अफरसहित अपत्यारिलो मूल्यमा जुत्ताचप्पल पाएपछि मेलामा ग्राहकको आकर्षण चुलिएको हो। भृकुटीमण्डपको गेट छिर्नेबित्तिकै सानो चौरमा लागेको मेलामा नेपालका प्रख्यात ब्राण्ड शिखर शुज, हाईलाइफ, वान वर्ल्ड शुज, फुटस्टेप सुज, बोस सुज,पीजी सुज, बेम्बो सुज, एस लेदरका २ हजारभन्दा बढी आकर्षक र नयाँ–नयाँ डिजाइनका जुत्ताचप्पल उपलब्ध रहेको आयोजक तथा शिखर शुजका प्रबन्धक निर्देशक रामकृष्ण प्रसाईंले जानकारी दिए।
यसअघि पटक–पटक महाकुम्भ जुत्ता मेला सञ्चालन गरेको समूहले नै दसैँ जुत्ता चप्पल मेला आयोजना गरेका हुन्। ‘उपभोक्ताको पहिलाको क्रेज र विश्वासलाई जित्न फेरि मेला संचालनमा ल्याएका छौँ’, प्रसाईले बताए।
बजारमा सस्तो जुत्तालाई पनि महँगो मुल्य राखेर उपभोक्तालाई ठग्ने गरिएकोमा यो मेलामा जति हो त्यति नै मूल्य राखिँदा बार्गेनिङ गरिरहन नपरेको र ठगिनबाट जोगिएको मेलामा जुत्ता छानिरहेका इमाडोलका रविन डंगोलले बताए।
एउटै छानामुनि उत्कृष्ट ब्रान्डका जुत्ताचप्पल उपभोत्ताले छानीछानी किन्न पाउनुका साथै हरेक ब्रान्डका जुत्तामा कम्तीमा ६ महिनाको वारेन्टी रहेको आयोजकको भनाइ छ। उपभोक्ताले खोजेका हरेक भेराइटीहरु जुत्ता मेलामा उपलब्ध गराइएको आयोजकको भनाई छ।
‘नेपाली जुत्ताचप्पल पनि यति राम्रा र गुणस्तरीय हुदा रहेछन भन्ने यही मेलामा आएर देखेपछि बल्ल थाहा पाए’, मेलामा साथीसँग घुम्न आएका भक्तपुरका विमल कार्कीले भने, ‘सस्तो मुल्यमा राम्रा राम्रा जुत्ता पाएपछि परिवारका अरु सदस्यलाई पनि जुत्ता लगिदिन छानिरहेको छु।’
कोरोनाले तहसनहस भएको व्यवसायमा यो मेलाले केही आशाको सञ्चार जगाएको छ। स्वदेशमा बनेका जुत्ताचप्पलले नेपालीको मन जितिरहेको अवस्थामा अझ नेपाली उपभोक्तालाई एकै छानामुनि छानीछानी जुत्ता खरिद गर्नका लागि मेला उपयुक्त भएको छ। ‘मेलामा हामीले एकदमै सस्तो उत्पादन (फ्याक्ट्री) मुल्यभन्दा कम पैसामा नयाँ नयाँ डिजाइनका जुत्ताचप्पल विक्रिवितरण गरिरहेका छाँै, यसको उद्देश्य नेपालीहरुले स्वदेशी उत्पादनका जुत्ताचप्पल प्रयोग गर्नुहोस् भन्ने नै हो’, अर्का आयोजकले भने।
नेपाली सीप र पुँजीको प्रयोगबाट बनेका स्वदेशी जुत्ताहरुले अहिले विदेशी जुत्तालाई विस्थापित गरिरहेका छन्। नेपाली उपभोक्ताले स्वदेशी जुत्ता नै खोजी–खोजी प्रयोग गर्न थालेका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19