काठमाण्डौ । ‘द भ्वाइस किड्स सिजन १’ र ‘द भ्वाइस सिजन ४’ सफलतापूर्वक सम्पन्न गरिसकेपछि खल्तीले ‘द भ्वाइस किड्स – सिजन २’ सँग एक्सक्लुसिभ भोटिङ पार्टनरका रुपमा साझेदारी गरेको छ। कार्यक्रमको भोटिङ लाइनहरु खुलेपछि दर्शकहरुले सजिलैसँग आफ्नो मनपर्ने प्रतिभालाई भोट गर्न सक्नेछन्।

कार्यक्रम फागुन २६ गतेबाट हिमालय टीभीबाट औपचारिक रुपमा प्रसारण हुनेछ। अघिल्ला वर्षहरुमा यो कार्यक्रमले पहिले नै दर्शकहरुको ध्यानाकर्षक गरिसकेको र आगामी सिजनमा पनि त्यस्तै हुने अपेक्षा गरिएको छ। यस सिजनमा पनि गायक प्रमोद खरेल, प्रविशा अधिकारी र मिलन नेवार कार्यक्रमका कोच÷निर्णायक रहनेछन्। 

यसैबीच यो सिजनका लागि नयाँ कोच गायक सुशान्त केसी पनि रहेका छन्। 

द भ्वाइस एक अन्तर्राष्ट्रिय रियलिटी टेलिभिजन गायन प्रतियोगिता फ्रान्चाइजी हो। जसले देशभरका दर्शकको मन जितेको छ। 

कार्यक्रमले युवा र प्रतिभाशाली गायकलाई आफ्नो सीप प्रदर्शन गर्न र उत्कृष्ट गायकको शीर्षकका लागि प्रतिस्पर्धा गर्न प्लेटफर्म प्रदान गर्दछ। २०७४ मा नेपालमा ‘द भ्वाइस नेपाल’ नाममा अन्तर्राष्ट्रिय गायन प्रतियोगिताको फ्रेन्चाइज सुरु भएको थियो। 

‘द भ्वाइस नेपाल’ का चारवटा सिजन र ‘द भ्वाइस किड्स’ को एउटा सिजनको सफलतापछि ‘द भ्वाइस किड्स’ को दोस्रो सिजनतर्फ अघि बढिरहेको छ। खल्ती सन् २०७८ देखि द भ्वाइस नेपालसँग २ सिजन र द भ्वाइस किड्स सिजन १ का लागि विशेष साझेदार बनिसकेको छ। 

द भ्वाइस किड्स– सिजन २ हिमालय टीभीमा हरेक शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुनेछ। कार्यक्रम ब्लाइन्ड अडिसनबाट सुरु हुनेछ। त्यसपछि ब्याटल राउन्ड, लाइभ राउन्ड र फाइनल राउन्ड हुनेछ। भोटिङ लाइन लाइभ राउन्डबाट खुला हुनेछ र प्रयोगकर्ताले खल्ती एप प्रयोग गरी आफ्नो मनपर्ने प्रतिभालाई भोट गर्न सक्नेछन्।

साझेदारीका बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘हामी ‘द भ्वाइस किड्स नेपाल’ सँग अर्को साझेदारी गर्न पाउँदा र खल्ती डिजिटल वालेटमार्फत आम दर्शकलाई डिजिटल भोटिङको सुविधा प्रदान गर्न पाउँदा खुसी छौँ। अघिल्लो सिजनको तुलनामा यो शो अजै धेरै सफल हुनेमा म विश्वस्त छु। म सबैलाई खल्ती डाउनलोड गर्न र आफ्नो मनपर्ने प्रतियोगीलाई निर्बाध रुपमा भोट गर्न तयार हुन अनुरोध गर्दछु।’

आईएसओ २७००१ः२०१३ बाट मान्यता प्राप्त साथै भर्खरै WITSA Global Innovation & Tech Excellence Awards 2022 बाट सम्मानित खल्ती आफ्नो सेवाको छैटौँ वर्षमा पुगेको छ। हाल खल्तीमा देशभरिका ३१ लाख भन्दा बढी प्रयोगकर्ता, ७० हजारभन्दा बढी एजेन्ट, ६० हजारभन्दा व्यापारी, ५० भन्दा बढी बैंक तथा वित्तीय संस्था, १ हजारभन्दा बढी सहकारी र २५० भन्दा बढी कर्मचारीको परिवारमा वृद्धि गरेको छ। सबै नेपालीमा वित्तीय साक्षरता ल्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवामार्फत बिल भुक्तानी, मोबाइल र टीभी रिचार्ज, हवाई, सिनेमा र एइभेन्ट टिकट बुकिङ, बीमा शुल्क, ई–कमर्स, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिल र थुप्रै डिजिटलाइज्ड सेवा उपलब्ध गराएको छ।