काठमाण्डौ । सर्वाधिक लोकप्रिय पेयपदार्थ कोका–कोलाले अन्तर्राष्ट्रिय लोकप्रिय सांगीतिक रियालिटी शो ‘नेपाल आइडल सिजन ४’ मा मुख्य प्रायोजन गरेको छ।
यो कोका–कोला र नेपाल आइडलको दोस्रो वार्षिय सहकार्य हो। कोका–कोला नेपाल आइडल सिजन ३ को पनि मुख्य प्रायोजक रहेको थियो।
हस्ताक्षर कार्यक्रममा बोटलर्स नेपालका कन्ट्री फाइनान्स म्यानेजर राजीव टन्डनले भने, ‘कोका–कोलाले आइकोनिक ग्लोबल रियालिटी शो पप आइडलको नेपाली फ्रयानचाइज नेपाल आइडलसँग गरेको यो दोस्रो वर्षीय सहकार्य हो। हरेक वर्ष बहुमुखी प्रतिभाका धनी र झन–झन मिठो गाउने प्रतिस्पर्धीहरुको सहभागिताले यो कार्यक्रम अझ रोमान्चक र उत्साहपूर्ण हुँदै गइरहेको छ। हामी सबैलाई थाहा छ संगीत मानवीय भावना र सम्बन्ध व्यक्त गर्ने विश्वव्यापी भाषा हो। त्यसैले कोका–कोला जहिले पनि संगीतसँग जोडिँदै आइरहेको छ। नेपाली युवाको प्रतिभा उजागर गर्ने यस्तो प्ल्याटफर्ममा जोडिन पाउँदा हामी अत्यन्त खुसी छौँ। सम्पूर्ण प्रतिस्पर्धी र नेपाल आइडल टिमलाई कोका–कोलाका तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौँ।’
नेपाल आइडलका प्रोजेक्ट हेड र डिरेक्टर सुरेश पौडेलले भने, ‘नेपाल आइडलको सिजन ४ मा पनि कोका–कोलासँग सहकार्य गर्न पाउँदा हामी हर्षित छौँ। हामी सबैलाई थाहा भएकै कुरा हो कोका–कोला सधैँ संगीतसँग जोडिँदै आइरहेको छ। नेपाल आइडल र कोकको यो सहकार्य पक्कै पनि रिफ्रेसिङ रहेको छ। गत वर्ष सज्जा चौलागाईंले नेपाल आइडलको उपाधि जित्नुभएको थियो र आफ्नो सांगीतिक यात्रालाई वहाँँले कडा परिश्रमको साथ अगाडि बढाइ रहनुभएको छ। यसपालि अझ दमदार प्रतिस्पर्धीहरुको सहभागितासँगै हामी नयाँँ विजेता को हुनेछ भनेर थाहा पाउन निकै नै आतुर छौँ।’
नेपाल आइडल देशव्यापी रुपमा मंसिर २२ बाट एपीवान टेलिभिजनमा प्रसारण हुँदैछ। यो प्रख्यात कार्यक्रम पप आइडलको नेपाली फ्रयानचाइज हो र यसले गायक बन्न चाहने प्रतिभाशाली व्यक्तिहरुलाई प्ल्याटफर्म दिँदै आइरहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19