काठमाण्डौ । लक्ष्मी बैंकको ‘छोरी शिक्षित, देश शिक्षित’ अभियानअन्तर्गत बैंक र नेपाल प्रहरी कल्याण कोषबीच २५ लाख रुपैयाँको ‘नेपाल प्रहरी–लक्ष्मी बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना गर्ने सम्झौता भएको छ। यसका साथै बैंकले आगामी ५ वर्षसम्म ७ लाख ५० हजार रुपैयाँबराबरको आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
सम्झौतामा प्रहरी महानिरीक्षक बसन्त कुँवर र लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहको उपस्थितिमा बैंकका तर्फबाट रिटेल फाइनान्स सर्भिसेसका प्रमुख दिपेश अमात्य र नेपाल प्रहरीका तर्फबाट नायब महानिरीक्षक केदार ढकालले हस्ताक्षर गरेका छन्। यो छात्रवृत्ति कोषबाट प्रहरी विद्यालयहरुमा अध्ययनरत अमर÷सहिद, बहालवाला, पूर्व एवं अवकाश प्राप्त, अशक्त जुनियर प्रहरी अधिकृत दर्जाका परिवारका जेहेन्दार छात्राहरुलाई छात्रवृत्ति प्रदान गरिनेछ।
छात्रवृत्तिको छनोट प्रक्रिया नेपाल प्रहरीले व्यवस्थापन गर्नेछ भने लक्ष्मी बैंकले आर्थिक सहयोग प्रदान गर्नेछ। यस पहलले लक्ष्मी बैंकको ‘छोरी शिक्षित, देश शिक्षित’ अभियानलाई अझ विस्तार गर्नुका साथै योग्य छात्राहरुलाई शिक्षाका माध्यमबाट सशक्त बनाउनेमा बैंक विश्वस्त छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19