काठमाण्डौ। गोर्खा बु्रअरीले यो जाडो मौसमका लागि नेपालको पहिलो विन्टर वार्मर बियर ‘फायर मून’ ल्याएको छ। यो विन्टर वार्मर बियर नेपालको कठ्याङ्ग्रिने जाडोका लागि निकै नै उपयुक्त छ।

फायर मून एउटा विन्टर वार्मर क्राफ्ट बियर हो। जसमा बियर पिउँदा शरीरलाई न्यानो पार्र्न मद्दत गर्ने उत्कृष्ट बास्ना भएको मसलाहरुको स्वाद छ। हप्स, माल्ट र यिस्टबाहेक यस विन्टर वार्मर बियरमा ल्वाङ, सुकमेल, दालचिनी, अदुवाजस्ता शरीरलाई तातो बनाउने मसलाहरु छन्।

अन्य बियरहरुभन्दा यो विन्टर वार्मर बियरलाई सहजै पिउन सकिन्छ र यसको मजा चिसो नबनाई कोठाको तापक्रममा पनि लिन सकिन्छ।

यसको रङ उत्कृष्ट छ र यो सुगन्धित मसलाहरुले भरिपूर्ण छ।  यसले जाडो मौसममा न्यानो दिने काम गर्छ।

५% अल्कोहलका साथ फायर मून ३३० मि।लि।मा  प्रति बोतल रु. १८० मा उपलब्ध छ। विन्टर वार्मर बियर पुल–अफ क्यापको साथ आउँछ। जसले गर्दा उपभोक्ताले सजिलै बोतल खोलेर जहाँ पनि स्वाद र सुगन्धको अनुपम मिश्रण भएको स्पाइस्ड–अप बियरको मजा लिन सक्नेछन्।