काठमाण्डौ । कुजु नेपाल प्रालि नेपालका लागि याडिया ई–स्कुटरका लागि आधिकारिक वितरकले चन्द्रबहादुर गुरुङलाई ‘फिफा वर्ल्डकप २०२२ प्रेडिक्ट एन्ड विन च्यालेन्ज’को विजेता घोषित गरेको छ।
याडिया ई–स्कुटर कतारमा आयोजित फिफा विश्वकप–२०२२को आधिकारिक एसिया प्यासिफिक फिफा विश्वकप क्षेत्रीय सहयोगीका रुपमा रहेकोले याडिया नेपालले पनि प्रेडिक्ट एन्ड विन सुरु गरेको थियो। गत शुक्रबार ओपियम रेस्टुरेन्ट एन्ड बारमा गोल प्रथाद्वारा विजेता घोषित गरिएको थियो र विजेतालाई YADEAÚS YS 500 E–BIKE पुरस्कार हस्तान्तर गरिएको छ।
याडिया नेपाल र ओपियम रेस्टुरेन्टको सहकार्यमा ‘प्रेडिक्ट एन्ड विन’ च्यालेन्जका लागि योग्य हुन ओपियम रेस्टुरेन्टका ग्राहकले २०२२ को विश्वकप जित्ने देशको नाम प्रेडिक्ट गरी बक्समा नाम छोड्नुपर्ने थियो। याडिया नेपालका ग्राहक र फलोअर्सले याडिया नेपालको पेज फलो गरी २०२२ को वर्ल्डकप जित्ने देशको नाम प्रेडिक्ट गरी आफ्ना तीनजना साथी उल्लेख गरेर कमेन्ट गर्नुपर्ने थियो र जसले देशको नाम प्रेडिक्ट गरेका छन् र सबैले ‘प्रेडिक्ट एन्ड विन’ च्यालेन्जमा सहभागी हुने नियमहरु पालना गरेका थिए।
सबैको नामहरु एउटै बक्समा राखिएको थियो र फेसबुक लाइभद्वारा विजेताको नाम घोषित गरिएको थियो। फेसबुक लाइभमा ओपियम रेस्टुरेन्टका ग्राहकहरु आएर बक्सबाट नाम निकाल्ने क्रममा चन्द्रबहादुर गुरुङ विजेता बनेका हुन्। उनले २ लाख ५० हजार मूल्यबराबरको YADEAÚS YS 500 E–BIKE पुरस्कार प्राप्त गरेका छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago