काठमाण्डौ । फोर्स मोटर्सको आधिकारिक बिक्रेता  हिमालय  अर्गनाइजेसनअन्तर्गत आयाम इन्टरकन्टिनेन्टल प्रालिले नेपालीको महान चाड दसैँ र तिहारका अवसरमा ग्राहकलाई ध्यानमा राखी कुनै पनि गाडीको खरिदमा  भरमार उपहारको वर्षा लिएर आएको छ। जसअन्तर्गत आकर्षक नगद छुट, वासिङ मेसिन, स्मार्ट टीभी, स्मार्ट फोनलगायतका उपहारहरुको वर्षा ल्याएको छ। यस अफर आजको मितिदेखि लागू भई छठ पर्व अर्थातु २०७९ कात्तिक १३ गतेसम्म लागू हुनेछ।

विगत ८ वर्षदेखि फोर्स मोटर्सले नेपालमा आफ्नो आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टलमार्फत आफ्ना गाडीहरुको बिक्रीवितरण गर्दै आइरहेको छ। 

आयाम इन्टरकन्टिनेन्टलले काठमाण्डौको गैह्रीधारा पोखराको चाउथे र सुन्सरीको इटहरी आफ्नै शोरुम सञ्चालनमा ल्याएको छ भने स्थानीय डिलरका रुपमा चितवनको भरतपुरमा, झापाको बिर्तामोड, ललितपुरको बाघडोल, सिराहाको लाहान, धनुषाको जनकपुरमा डिलरमार्फत  फोर्स मोटर्सका गाडीहरु बिक्रीवितरणमा ल्याइरहेको छ। 

ग्राहकले आफूलाई पायक पर्ने स्थानमा गएर यस अफरको फाइदा लिन सक्नेछन्। यसका साथै यी सम्पूर्ण शोरुममा थ्रीएस (सेल्स, सर्भिस र स्पेयरपार्टस) सहितको सुविधा रहेको छ।