 
                     
                                
                             
                                    काठमाण्डौ । भीजी अटोमोबाइल्स प्रालिले बिहीबार टेकु शोरुममा फेसबुक लाइभमार्फत दोस्रो बम्पर विजेता घोषणा गरेको छ। भक्तपुरनिवासी राजिप नागाले दोस्रो बम्पर विजेता बनेर १० ग्राम सुनको सिक्का जित्न सफल भएका छन्।
यो योजना लागू भएदेखि १५ दिनमा नेपालभरिका खरिदकर्तालाई समावेश गरिगरेको लक्की ड्रमार्फत नागा दोस्रो विजेता बन्न सफल भएका छन्। उनले टेकुस्थित भीजी अटोमोबाइल्सको आफ्नै शोरुमबाट एभिनिस १२५ सीसी बीएस ६ खरिद गरेका थिए।
यो योजनाअन्तर्गत ग्राहकले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार पक्का छुट वा कुनै पनि ब्रान्डका पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ मोटरसाइकल तथा स्कुटर एक्सेन्ज गर्दा १५ हजार रुपैयाँ तथा अन्य कुनै पनि ब्रान्डका पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ मोटरसाइकल तथा स्कुटर एक्ससेन्ज गर्दा १० हजार रुपैयाँ थप मूल्यांकन प्राप्त गर्न सक्नेछन् वा शून्य प्रतिशत ब्याजदरमा फाइनान्सको सुविधाका साथै १ वर्ष रोड ट्याक्स फ्री हुनेसमेत कम्पनीले जनाएको छ।
भीजी अटोमोबाइल्स सुजुकी ब्रान्डका मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बिक्रेता हो।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19