काठमाण्डौ । उत्कृष्ट डिजाइन र अन्तराष्ट्रिय गुणस्तरका बाथवेयर तथा सेनिटेरीवेयरका उत्पादक ‘बाथको’ले धनुषाको मिथिला नगरपालिकाको केन्द्र ढल्केबरमा आफ्नो नयाँ डिलर शोरुम सञ्चालनमा ल्याएको छ। 

ढल्केबरमा सञ्चालित जय अम्बे हार्डवेयर एन्ड अर्डर सप्लायर्सले ‘बाथको’ प्रोडक्टको शोरुम सञ्चालनमा ल्याएको हो। गत साउन १४ गते एक कार्यक्रमबीच बाथकोका प्रबन्ध निर्देशक विकास कुमार झाले उक्त शोरुमको शुभारम्भ गरेका थिए। 

ढल्केबरमा शोरुमको उद्घाटन गर्दै झाले मधेस प्रदेशमा जय अम्बे हार्डवेयर एन्ड अर्डर सप्लायर्स बाथको नेपालको दोस्रो आधिकारिक बिक्रेता रहेको जानकारी दिए। उनले यसअघि यो प्रदेशमा पहिलोपटक बाराको कलैयामा बाथकोको डिलर्स सञ्चालनमा ल्याइएको उल्लेख गरे।

कार्यक्रममा मिथिला उद्योग वाणिज्य संघका अध्यक्ष एवं जय अम्बे हार्डवेयर एन्ड अर्डर सप्लायर्सकै सञ्चालक तेजनारायण साह, सोही कम्पनीका अर्का सञ्चालक सुनिल सिंह, मिथिला उद्योग वाणिज्य संघका पदाधिकारी र सदस्यहरु तथा अन्य स्थानीय व्यापारीसमेतको उपस्थिति थियो।

भारतमा निर्माण हुने ‘बाथको’ ब्रान्डको नेपालको होल डिस्ट्रिब्युटर्स बाथको नेपाल कम्पनी रहेको छ। विगत ९ महिनादेखि बाथको नेपाल कम्पनीले उक्त ब्रान्डका सामग्री भारतबाट नेपाल निर्यात गर्दै आइरहेको छ र नेपालमा एक गुणस्तरीय मल्टिनेसनल ब्रान्डका रुपमा आफ्नो पहिचान बनाउँदै आएको छ।

अहिले देशका मुख्य सहरहरुमा आधिकारिक बिक्रेता राखेर बिक्रीवितरणमा ल्याइएको बाथको प्रडक्टलाई विस्तार गरिरहेको कम्पनीको भनाइ छ। 

प्रबन्ध निर्देशक झाका अनुसार हाल काठमाण्डौ, पोखरा, धरान, विराटनगर, बिर्तामोडलगायतको प्रमुख सहरमा बाथकोको आधिकारिक बिक्रेता तोकिएको छ। ग्राहकहरुलाई सुविधा दिन दुई ठाउँबाट वितरण गर्ने लक्ष्यका साथ कम्पनीको डिपो वीरगन्ज र काठमाण्डौ मा राखिएको छ।

बाथकोले उत्पादन गर्दै आएको ब्रासबाट निर्मित सेनिटरी वेयर, बाथ फिटिब्स, बाथ एक्सोसेरिजसहितका सामग्रीको ११ वर्षको वारेन्टी रहेको झाको भनाइ छ।