काठमाण्डौ । युरोपको ठूलो इलेक्ट्रोनिक्स ब्रान्ड ‘बेको’ले नयाँ वर्ष २०८० लाई लक्षित गर्दै ‘नयाँ वर्षको उमंग, मनाऔँ बेकोसँग“ नामक योजना हालै बजारमा सार्वजनिक गरेको छ।

यो योजनाअन्तर्गत बेको ब्रान्डका कुनै पनि सामानको खरिदमा आकर्षक उपहारहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। जसअनुसार वासिङ मेसिन र वासर ड्राएरको खरिदमा ६ केजी को एरिएल म्याटिक वासिङ पाउडर उपहार पाइन्छ भने डिसवासरको खरिदमा २ प्याकेट फोर्चुन डिसवासर ट्याब्लेट उपहार पाइन्छ। 

यसका साथै सिंगल डोर रेफ्रिजिरेटरमा आइरन, डबल डोर रेफ्रिजिरेटरमा राइस कुकर र मल्टी डोर रेफ्रिजिरेटरमा एअर फ्राएर उपहार पाइन्छ भने कुकिङ रेन्ज (फ्री स्टान्डिङ ओवन) को खरिदमा फ्राई प्यान र एअर कन्डिसनरको खरिदमा रु.४ हजारबराबरको फ्री इन्स्ट्लेसन पाइन्छ।

यो योजना चैत १५ गतेदेखि सीमित अवधिका लागि लागू गरिएको छ।

बेको ब्रान्डको आधिकारिक बिक्रेता चौधरी गु्रपको सीजी इलेक्ट्रोनिक्सअन्तर्गत सीजी ईओएल रहेको छ। सीजी इलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकलाई सीजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो बिक्रेता सञ्जालमार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ। कम्पनीका सीजी डिजिटल शोरुमहरु काठमाण्डौभित्र टंगाल, कुमारीपाटी, भक्तपुर राधेराधे, गठ्ठाघर, कीर्तिपुर, रविभवन, हातीगौँडा, त्रिपुरेश्वर, नयाँबजार, बसुन्धारा, जोरपाटी र काठमाण्डौबाहिर पोखरा, इटहरी, हेटौँडा र भरतपुरमा छन्।