काठमाण्डौ । आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्डले ‘काठमाण्डौमा एक कार्यक्रम गरी ‘भाइकिङ २२२’ मोडलका बसहरु आफ्ना ग्राहकलाई हस्तान्तरण गरेको छ।  

कम्पनीका अनुसार हस्तान्तरण गरिएका सम्पूर्ण गाडका मोडलहरु २०२१ का रहेका छन्। साथै, यो अवसरमा भाइकिङ २२२, १०० वटाभन्दा पनि बढी बाटोमा गुडिरहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार आज डेलिभरी गरिएका २०२१ मोडलका बसहरु यस वर्ष पहिलो पटक नेपालमा गुड्ने छन्। ‘यो गाडी मैले पहिलोपल्ट लिएको हैन, मसँग १० वटा भाइकिङ बसहरु छन्, जुन अहिले पनि पूर्वपश्चिम रुटहरुमा मज्जाले चल्दै आएका छन्’, गाडी लिनेमध्ये एक ग्राहकले भने, ‘ग्राहकहरुको मागअनुसार आरामदायी यात्रा साथै राम्रो कमाइ हुने भएकाले मैले भाइकिङ २२२ लाई नै रोजेँ र साथीहरुलाई अरु ब्रान्डतिर नजान पनि सल्लाह दिन्छु।’

भाइकिङ २२२, रुट बसमा चल्ने बसमध्ये सबैभन्दा रुचाएको बस हो। यसमा इनलाइन फ्युल पम्प हुनुका साथै एच सिरिज इन्जिन रहेको छ। जसले गर्दा इन्धन कम खपत हुन्छ। साथै सबैभन्दा कम मर्मत खर्च लाग्छ। 

भाइकिङ २२२ मा ओभर ड्राइभ गियर बक्सले काम गर्ने भएको हुँदा १८० एचपी इन्जिनका साथमा द्रुतगतिको आरामदायी यात्रा गर्न सकिन्छ। 

रियर एयल सस्पेन्सन, डारिरेक्ट ड्राइभ, इनलाइन फ्युल पम्प साथै धेरै माइलेजले गर्दा यो गाडी अरु गाडीभन्दा फरक र विश्वासिलो रहेको सेल्स हेड सुशील सुबेदीले बताए। 

नेपालमा हरेक लामो दूरी रुटमा भाइकिङ गाडीहरु चल्दै आएका छन्। अत्याधिक मागअनुसार कम्पनीले ग्राहकलाई बिशेष सर्भिस पनि दिँदै आएको छ। आफ्ना १३ वटा सर्भिस नेटवर्कबाट सर्भिस लिन सकिने हुँदा कुनै पनि ठाउँमा गाडी बिग्रिएमा सजिलै पार्टस र सर्भिस पाउन सकिने कम्पनीले जनाएको छ।