काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिले ग्राहकको मागबमोजिम सेलपे सेवा अव वालेटमार्फत पनि चलाउन सकिने गरी सेवा विस्तार गरेको छ। 

सेलपे सेवा अब बैंक खाताका साथै वालेटबाट पनि सञ्चालन गर्न सकिने नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त पहिलो भुक्तानी सेवा प्रदायक हो। नेपाल राष्ट्र बैंकबाट वाटेल अनुमति प्राप्त गरेसँगै अब सेलपेका ग्राहकले बैंक लिंकमार्फत वा वालेट लोड गरी कारोबार गर्न सक्नेछन्। 

यसै उपलक्ष्यमा सेलपेले आफ्नो नयाँ यूआई पनि सार्वजनिक गरेको छ। जसमा ग्राहकलाई सेवा प्रयोग गर्दा अझ बढी सहज बनाउनका लागि विभिन्न प्रयोग गरिएको छ। जसले गर्दा जोकोही ग्राहकले बिना झन्झट सरल रुपमा कारोबार गर्न सक्नेछन्। यसका साथै सेलपेट कार्ट सेवामार्फत सजिलै घरमै बसी–बसी बिभिन्न सामान खरिद गर्न सकिनेछ। 

यसै उपलक्ष्यमा सेलपे सेवाले ग्राहकका लागि ‘मेरो वालेट सेलपे वालेट’ योजना सुरु गरेको छ। यस योजनाअन्तर्गत सेलपेका ग्राहकले मोबाइल टपअप र टीभी महसुल भुक्तानीमा ५% क्यासब्याक, इन्टरनेटको महसुलमा १।५% क्यासब्याक, एनटी डाटा प्याकको १ घन्टा अनलिमिटेडमात्र रु. ११ मा, एनसेल डाटा प्याकको १ दिन अनलिमिटेड मात्र रु.२१ मा, वालेट लोड गर्दा लक्की ड्रमार्फत सामसुङ एस२१ अल्ट्रा जित्न सक्ने मौका पनि पाउनेछन्। 

यो योजना जेठ १३ गतेदेखि असार १२ सम्म लागू हुने कम्पनीले जनाएको छ।