काठमाण्डौ । आमउपभोक्तालाई वस्तुदेखि सेवा खरिद गर्दा छुट उपलब्ध गराउने उद्देश्यसहित निर्माण गरेको ‘मेरो डिस्काउन्ट’ नामक एप सार्वजनिक भएको छ।
कम्पनीले सोमबार एक कार्यक्रमको आयोजना गरेर उक्त एप सार्वजनिक गरेको हो। ‘मेरो डिस्काउन्ट’ नेपालकै एकमात्र अनलाइन मञ्च हो। जलाई ओसी ग्रुप सफ्टवेयर प्रालिले निर्माण गरेको हो।
यो एपले स्थानीय व्यवसायीको व्यापार वृद्धि तथा ग्राहकलाई गुणस्तरीय सेवा प्राप्त गर्न मद्दत गर्छ।
ओसी ग्रुपले आजबाट सञ्चालनमा ल्याएको मेरो डिस्काउन्ट डटकम उपभोक्तालाई छुट प्रदान गर्ने एप हो। निर्माता कम्पनीका अनुसार यो एप प्रयोगकर्ताले खरिद गर्ने प्रत्येक वस्तु तथा सेवामा विशेष छुट प्राप्त गर्न सक्छन्।
यसरी प्राप्त हुने डिस्काउन्ट नगद छुट, प्रोमो कोड, भौचर, कुपन वा अन्य प्रकारका हुन सक्नेछन्। स्वस्थ्य, स्वच्छ र स्वादिष्ट भोजन होस् वा कुनै स्पाको आनन्द लिन यो एपको प्रयोगमार्फत सुलभ मूल्यमा प्राप्त गर्न सकिन्छ। यस्ता मनोरञ्जनात्मक क्रियाकलाप लागिमात्रै नभई मेरो डिस्काउन्टको प्रयोग गरेर सपिङ मलमा सामान किनमेल पनि सहजै गर्न सकिनेछ।
मेरो डिस्काउन्टबाट मध्यमवर्गका ग्राहकले पनि स्तरीय सेवा र सुविधा उपयोग गर्न सक्नेछन्। यसका साथै व्यवसायीको बिक्रीवितरण बढाउन र नयाँ व्यवसायीलाई थप प्रोत्साहन गरी अगाडि बढ्न मद्दत पुग्ने कम्पनीको दाबी छ। मेरो डिस्काउन्टस्सँग जोडिएका बिक्रेताले सहजै आफ्ना ग्राहकलाई उनीहरुको इच्छा अनुसारको सेवा र अफर प्रदान गरेर व्यवसायी र ग्राहकबीचको सौहार्दपूर्ण सम्बन्ध स्थापित गर्न सक्ने कम्पनीले जनाएको छ।
मेरो डिस्काउन्टसँग जोडिएका बिक्रेताले सहजै आफ्ना ग्राहकलाई उनीहरुको इच्छाअनुसारको सेवा र अफर प्रदान गरेर व्यवसायी र ग्राहकबीचको सौहार्दपूर्ण सम्बन्ध स्थापित गर्न सक्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। यसका अलावा व्यवसायीलाई व्यापारिक परामर्शसमेत दिने काम सो कम्पनीले गर्ने उनीहरुले बताएका छन्।
मेरो डिस्काउन्टसङलाई नै किन ब्यवाशायिले रोज्ने ? भन्ने प्रश्नको जबाफमा कम्पनीले उल्लेख गरेको छ, ‘व्यवसायलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा अभिवृद्धि गर्न, बृहत् विज्ञापनबाट व्यवसायलाई प्रवर्द्धन गर्न, सरल तथा सुरक्षित भुक्तानी गर्न।’
त्यस अलावा समय–समयमा अन्तर्क्रियात्मक र दृश्य (भिडियो) प्लेटफर्ममा आफूलाई प्रस्तुत गर्न, व्यवसायको निरन्तर अपडेट र अपग्रेड गर्न, बजारको मागअनुसारको विश्लेषण र मूल्य प्रस्ताव गर्न, व्यवसायलाई पेसागत रुपमा अभ्यास गर्न रणनीति निर्माण गर्न र व्यवसायका बारेमा व्यक्तिगत परामर्श लिनसमेत यो एपको प्रयोग अनिवार्य रहने कम्पनीको दाबी छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago