काठमाण्डौ । विश्वका दुईसय भन्दा धेरै मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको इसेवा मनी ट्रान्सफरले हाल सञ्चालन गरिरहेको ‘मेरो डिजिटल देश’ अभियानका विजेतालाई हौसला प्रदान गर्न हालमैमात्रै घर सार्वजनिक गरिएको छ। 

इसेवा मनी ट्रान्सफरका ब्रान्ड एम्बेसेडर तथा ब्रान्ड हिरो एवं अभिनेता दयाहाङ राई नवनिर्मित घरमै पुगेका छन्। इसेवाको यस अभियानमा इसेवा मनी ट्रान्सफरमार्फत रेमिट्यान्स पठाउने एक सेवाग्राहीले काठमाण्डौमा घर जित्न सक्नेछन्। 

कम्पनीले हालैमात्र यस अभियानमा विजेता बन्ने सेवाग्राहीलाई प्रदान गर्ने घर सार्वजिनक गरेको थियो। ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ४ इमाडोल, बोजेपोखरीमा ३ आना क्षेत्रफलमा बनेको साढे २ तल्लाको घर कम्पनीले बम्पर उपहार स्वरुप प्रदान गर्नेछ।

यसका साथै सेवाग्राहीको उत्साह एवं सहभागितालाई मध्यनजर गर्दै कम्पनीले यो योजना २ महिनाका लागि थप गरी २०८० साल जेठ ६ गतेसम्म सञ्चालन गर्ने निर्णय पनि गरेको छ। सेवाग्राही यस अवधिमा इसेवा मनी ट्रान्सफरमार्फत रकम पठाउँदा बम्परमा योजनामा स्वतः सहभागी हुनेछन्। 

उपहारको छनौट प्रक्रिया २०८० साल जेठ १२ गते गरिने कम्पनीको भनाइ छ।

इसेवा मनी ट्रान्सफरले परम्परागतशैली तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ६० लाखभन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तीय संस्थाको खातामा विप्रेषण रकम भित्र्याउँदै आएको छ। इसेवा मनी ट्रान्सफरले सेवाग्राहीहरुलाई आफ्ना १२,००० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख १२ हजारभन्दा बढी क्यास प्वाइन्टमार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ। सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनी ट्रान्सफर, देशभरका १ करोड ६० लाखभन्दा बढी जनसंख्या र १ लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो।