काठमाण्डौ। विश्वमा सबैभन्दा छिटो अघि बढिरहेको स्मार्टफोन ब्रान्ड रियलमीले आज औपचारिक रुपमा नेपालमा रियलमी जिटी नियो २ सार्वजनिक गरेको छ। जसको मूल्य रु. ५४ हजार १९९ रहेको छ। जसमा ८÷१२८ जीबी स्टोरेज रहनेछ।
लोकप्रिय फ्लागसिप किलर रियलमी जिटी लाइनअपमै आधारित यस नियो फ्लागसिप किलर रियलमी जिटी नियो २ धेरै स्मार्टफोन चलाउने प्रयोगकर्ताहरुका लागि बनाइएको हो। जसमा प्राविधिक नवीनताका साथै सुन्दर डिजाइन देख्न सकिनेछ। सुरुका ग्राहकहरुले तोकिएको भन्दा रु.३ हजार कम मूल्य रु. ५१ हजार १९९ मा यो मोबाइल फोन खरिद गर्न पाउनेछन्।
रयलमी जिटी नियो २ लाई क्वालकम स्नापड्रागन ८७० फाइभजीको मोबाइल प्लाटफर्मले पावर गरेको छ। यसको लम्बाइ १६२.९ एमएम, चौडाइ ७७५.६ एमएम उचाइ ८.६ एमएम रहेको छ। क्वालकम स्नापड्रागनले प्रयोगकर्तालाई सन्तुलित प्रदर्शनसँगै स्थिरताको अनुभव प्रदान गर्दछ।
थर्मल जेलले यस फोनलाई शितल राख्दछ। रियलमीको इतिहासमै पहिलोपटक रियलमी जिटी नियो २ मा ८ तहका तीन आयामको तापक्रम नियन्त्रण गनर्,े ४१२९एमएमद्द क्षेत्रफलमा बाफलाई चिस्याउने खिया नलाग्ने स्टिलको संरचना रहेको छ। चिस्यान क्षमतालाई विचार गर्दा यसले मूलधारको गेमहरु खेल्न निकै सहयोग गर्नेछ। एप्लिकेसनहरु र गेमहरु छिटो लोड हुन्छ।
५००० एमएएच ब्याट्रीले फोनको बनावटलार्ई समर्थन गर्दछ जसले गर्दा बिना दबाब ब्याट्रीको लाइफ लम्बाइदिन्छ। यसको ब्याट्रीले ६५डब्ल्यूसुपरडार्ट चार्जिङ लाई सपोर्ट गर्ने हुनाले मात्र ३६ मिनेटमा फोन चार्ज हुन्छ। एकपटकको चार्जमा प्रयोगकर्ताले ३३ घन्टा टकटाइम, ८८ घन्टा संगीत, ८ घन्टा गेम र २५ घन्टा भिडियोको मज्जा लिन सक्नेछन्।
यसमा रहेको ट्रिपल क्यामेराले स्पष्ट फोटोहरु खिच्छ। रियलमीको स्मार्टफोनमा ई–फोर डिस्प्ले रहेको छ। जसले अचम्मित पार्ने उत्कृष्ट डिस्प्ले प्रदान गर्दछ।
यसैगरी ५०००००ः१ कन्ट्रास रेसियोले अधिकतम १३०० निटसम्मको ब्राइटनेस दिन्छ।
नियो जिटीको डिजाइन रियलमी जिटी लाइनअपकै महत्वपूर्ण हाइलाइट हो। यसको नियो ग्रिन करल प्रविधि र शक्तिको बेजोड संगम हो।
नेपालका प्रयोगकर्ताहरुलाई अचम्मित पार्न सक्ने नवीन प्रविधि र सुन्दर डिजाइन रियलमी जिटी नियो २ मा पाउन सकिनेछ।
रियलमी जीटी नियो २ कात्तिक २५ देखि दराज अनलाइनमा उपलब्ध हुनेछ। इच्छुक ग्राहकले उक्त स्मार्टफोनमा रु.५१ हजार १९९ को शुरुवाती मूल्यमा अग्रिम बुकिङ गर्न र दराजको ११.११ का सुविधाहरु प्राप्त गर्न सक्ने छन्। यस सुविधाअन्तर्गत कात्तिक २८ देखि भाउचर तथा बैंकिङ छुटमा वितरण सुरु हुनेछ तथा अफलाइन ग्राहकले कात्तिक २७ देखि अग्रिम बुकिङ गर्न सक्नेछन्।
रियलमी नियो जिटी २ नियो ब्लाक र नियो ग्रिन गरी २ रङमा उपलब्ध हुनेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago