काठमाण्डौ । ग्लेनिग्लस डिजाइनमा लक्ष्मी बैंकको आयोजनामा ‘लक्ष्मी बैंक ओपन गल्फ टुर्नामेन्ट–२०२२’ यही कात्तिक १९ गते शनिबार गोकर्ण गल्फ क्लबमा हुने भएको छ। 

यो वार्षिक प्रतियोगिताको सातौँ संस्करण हो। यो प्रतियोगिताको सुरुआत सन् २०१४ बाट भएको थियो। एमेचर गल्फ क्यालेन्डरमा यो देशको प्रमुख प्रतियोगिता पनि हो। 

यो प्रतियोगिता स्टेबलफोर्ड फर्म्याटमा खेलाइनेछ। प्रतियोगितामा १०० जनाभन्दा बढी पुरुष र महिला गल्फरहरुले सहभागिता जनाउनेछन्। प्रतियोगितामा सिनियर (६० वर्षमाथि) र जुनियर (१७ वर्षसम्मका) खेलाडीहरुले विभिन्न उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। 

प्रतियोगितामा बिनर, रनरअप, बेस्ट ग्रस, लेडिज विनर, सिनियर विनर, सिनियर रनरअप, विनर गेस्ट क्याटेगोरी, जुनियर विनर, लङ्गेस्ट ड्राइभ, क्लोजेस्ट टु दि पिन र मस्ट बर्डिजको उपाधि प्रदान गरिनेछ। 

बैंकले हाल देशभर १४३ शाखा, १३ एक्सटेन्स काउन्ट, ५ अस्पतालमा सर्भिस काउन्टर, १७६ एटीएम र ६३ वटा शाखारहित बैंकिङ सेवाबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ।