काठमाण्डौ। एस्ट्रिक टेक्नोलोजी एउटा नयाँ उदयमान गेम डेभलपमेन्ट कम्पनीले ‘वर्ल्ड वार फोर– इन्डगेम्ज’ आज एन्ड्रोइड प्लेटफर्ममा गुगल प्ले स्टोरमार्फत सार्वजनिक गरेको छ।
यो एउटा यस्तो गेम हो, जसमा २०३० को समयको परिकल्पना गरिएको छ। जुन बेला तेस्रो विश्वयुद्ध सकिसकेको हुन्छ र जहाँ युद्धले मानवता नै हराउने अवस्थामा पुगिसकेको हुन्छ।
त्यस अवस्थामा विश्वमा केबल ८ शक्तिशाली राष्ट्रको परिकल्पना गरिएको छ। जसमा अमेरिका, बेलायत, संयुक्त यूरोप, संयुक्त मिडल इस्ट, चीन, भारत, जापान र रुस छन् र उनीहरु पनि अझै संयुक्त सरकारका लागि लडिरहेका हुन्छन्।
गेममा खेलाडीले एक विश्वयुद्धमा बाँचेकाव्यक्तिको भूमिका निर्वाह गर्नुपर्नेछ। जहाँ उसले प्रत्येक ४ घन्टामा एकपटक काम गर्न पाउनेछन्। प्रत्येक २ घन्टामा एकपटक तालिम लिन पाउनेछन्।
गेममा व्यापारी, सेना, श्रमिक र राजनीतिज्ञ गरी ४ करिअर मोड उपलब्ध छन्। खेलाडीले हरेक ७ दिनमा फरक–फरक करिअर छनोट गर्न पाउनेछन्।
खेलाडीले कच्चापदार्थ तथा विभिन्न वस्तु उत्पादन गर्न, आयात–निर्यात गर्न, सेयर बजारमा लगानी गर्न, शक्ति तथा हतियार संकलन गर्ने र अन्ततः सम्पूर्ण विश्वमा आफ्नो मुलुकको प्रभुत्व स्थापना गर्न लड्नुपर्नेछ।
गेमको मुख्य विशेषता
– प्रत्येक १०० दिनको एक सिजन
– विश्वमा प्रभुत्व कायम गर्न समूह व्यवस्थापन र टिम वर्कको विकास
– आर्थिक प्रभुत्वका लागि विभिन्न स्रोतहरुको उचित व्यवस्थापन
– वास्तविक बजार तथ्यांकमा आधारित स्टक मार्केट
यो गेम डाउनलोड गर्ने लिंक
https://play.google.com/store/apps/details?id=com.worldwar4endgames.ENDGAME
यो गेममा सीमित समयका लागि ४छ मूल्य हाराहारी पर्ने ५० गोल्ड फ्रीमा प्रदान गरिनेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19