काठमाण्डौ । नेपालको अग्रणी सिमेन्ट उद्योग शिवम सिमेन्टद्वारा “शिवमसँग उपहार टन्न” उपहार योजनाको मासिक लक्की ड्रअन्तर्गत पहिलो महिनाको भाग्यशाली (उपभोक्तातर्फ ३० जना र बिक्रेतातर्फ ४० जना) विजेताहरुको नाम लक्कीड्रमार्फत पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ।

शिवम सिमेन्टले यही मंसिर १८ गतेदेखि “शिवम्सँग उपहार टन्न” नामक नेपालकै सर्वाधिक धनराशिको उपहार योजना सार्वजनिक गरेको थियो। जसअन्तर्गत प्रत्येक २० बोरा शिवम सिमेन्टको खरिदमा ग्राहकले एउटा हातखाली नहुने स्क्र्याच कुपन प्राप्त गरी रु. २०० देखि रु. ५०० सम्म नगद वा १५ ग्राम चाँदीको सिक्का वा २.५० ग्रामदेखि ५ ग्रामसम्म सुनको सिक्का वा सुनको सिक्री पक्का उपहार राखिएको थियो भने सोही कुपनको अर्धकट्टीमा नाम, टेलिफोन नम्बर र ठेगाना लेखी मासिक लक्की ड्र तथा मेघा लक्की ड्रमा भाग लिन सक्ने व्यवस्था मिलाइएको थियो। 

यस योजनामा छोटो समयमै ग्राहकको उल्लेख्य संख्यामा सहभागिता रहेकोे थियो। 

आज सम्पन्न लक्कीड्र कार्यक्रममा उपभोक्तातर्फ प्रथम पुरस्कारबापत बागमती–पोखरा क्षेत्रबाट राजकुमार घिसिङ र उपत्यका बाहिरबाट फेवा कन्स्ट्रक्सनका दुई भाग्यशाली जोडीले थाइल्यान्ड भ्रमण अवसर प्राप्त गरेका छन् भने दोस्रो पुरस्कारअन्तर्गत सुदीप कार्की, कविता श्रेष्ठ, बाबुराम घिमिरे तथा समानन्तर निर्माण सेवाका ४ जोडी विजेताले हेलिटुर पुरस्कारबापत जितेका छन्। 

तेस्रो पुरस्कारअन्र्तगत ६ जना वालकृष्ण मिश्र, पुरुषोत्तम रेग्मी, जेशना कोण्डा, रामधनु राई, जानुका कार्की तथा राजन गुप्ताले आधा केजी चाँदी उपहार प्राप्त गरेका छन्। चौथोबापत पुरस्कार ८ जनालाई हीराको औँठी तथा अन्य पुरस्कार १० जोडीलाई माउन्टेन फ्लाइट उपहारस्वरुप जितेका छन्। 

छोटो समयमा उत्साहजनक रुपमा सहभागिता जनाई यस योजनालाई सफल पार्न सहयोग गरेकामा शिवम सिमेन्ट्सले सम्पूर्ण उपभोक्ता, ग्राहक र वितरकहरुलाई धन्यवाद दिएको छ। अझै यस योजनाअन्तर्गत स्योर सट पुरस्कारमा करोडौँको नगद उपहार, सयौँ केजी चाँदी तथा सयौँ तोला सुनका साथै मासिक तथा मेगा लक्कीड्रमार्फत अझै धेरै पुरस्कार जित्ने मौका रहेको कम्पनीले जनाएको छ।

यो उपहार योजना यही मंसिर १८ गतेदेखि नेपालभरि लागू गरिएको छ। स्क्र्याच कुपनमार्फत हात खाली नजाने पक्का उपहारअन्तर्गतको नगद उपहार सिमेन्ट खरिद गर्ने वितरकबाट तुरुन्तै प्राप्त हुने तथा सुन र चाँदीका लागि मोबाइल नम्बर ९८०१११४६५८ मा सम्पर्क गरी शिवम् सिमेन्टको बिक्री कार्यालयहरुबाट प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको कम्पनीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। एकपटक पक्का पर्ने र तीनपटकसम्म जित्न मौका मिल्ने यो योजनाले ग्राहकलाई थप हौसला र खुसी प्रदान गर्ने विश्वास कम्पनीले लिइएको छ। 

शिवम सिमेन्ट एकमात्र ओपीसी सिमेन्ट उत्पादन गर्ने नेपालकै ग्राहकद्वारा रुचाइएको सिमेन्ट उद्योग हो। ओपीसी सिमेन्टमात्र उत्पादन गर्दै आइरहेको शिवम सिमेन्टले स्थापनाकालदेखि नै आफ्नै चुनढुंगा खानीबाट उत्खनन् गरिएको उच्चकोटीको चुनढुंगाबाट गुणस्तरीय ओपीसी सिमेन्टमात्र उत्पादन तथा बिक्रीवितरण गर्दै आइरहेको छ। 

उत्पादन समयदेखि नै निरन्तर गुणस्तरीय सिमेन्ट उत्पादन तथा बिक्रीवितरण गर्दै आइरहेको शिवम आफ्नो गुणस्तरीय उत्पादनकै कारण नेपाली सिमेन्ट जगतमै पहिलोपटक नेपाल नापतौल तथा गुणस्तर विभागबाट एनएस क्वालिटी अवार्ड–२०१९ प्रथमबाट पुरस्कृत भएको थियो भने हालै बिजन्युजद्वारा ‘दि बेस्ट म्यानेज्ड कम्पनी अफ दि इयर–२०२२’ अवार्डद्वारा सम्मानित गरेको छ। 

शिवम सिमेन्ट यसमा भएको गुणस्तरकै कारण लाखौँ ग्राहकको पहिलो रोजाइमा पर्दै आइरहेको छ। व्यक्तिगत, व्यावसायिक तथा राष्ट्रिय गौरवका विभिन्न ठूलठूला आयोजनाहरुका अनेकौं संरचना निर्माणमा समेत शिवम सिमेन्टले विगत लामो समयदेखि महत्वपूर्ण भूमिका प्रस्तुत गर्दै आइरहेको छ। 

‘भरोसा अटुट सम्बन्धको’, ‘क्वालिटीको मामलामा नो कम्प्रोमाइज’ ‘गुणस्तरको पहिचान हो शिवम’ तथा ‘गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ’जस्ता मूल नाराका साथ अगाडि बढिरहेको शिवम सिमेन्ट्से आफ्नो गुणस्तरीय उत्पादन तथा बिक्री वितरण र बिक्रीपछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ। 

नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधियुक्त प्लान्टबाट आफ्नै चुनढुंगाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम सिमेन्ट उत्पादन तथा बिक्रीवितरण गर्दै आएको छ। उच्च गुणस्तर, निःशुल्क प्राविधिक सेवासमेतका कारणले गर्दा नै शिवम सिमेन्ट ग्राहकहरुद्वारा अत्याधिक रुचाइएको तथा विश्वास गरिएको असली ओपीसी सिमेन्ट बन्न सफल भएको हो।

नेपाल गुणस्तर चिह्न ५७२, ४९ तथा बीआईएस (आईएसआई), यूआरएस प्रमाणित आईएसओ सर्टिफिकेट्स प्राप्त शिवम सिमेन्टले देशको भौतिक विकास निर्माणमा विभिन्न असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिँदै आएको छ।