काठमाण्डौ। संस्थापना दिवसका अवसरमा हुला स्टिल इन्डस्ट्रिजले काठमाण्डौस्थित करपोरेट कार्यालय र सिमरास्थित कारखाना एवं हिप्को इन्फ्राको बेल्वास्थित कारखानामा रक्तदान तथा आर्थिक सहयोग प्रदान कार्यक्रमको आयोजना गरेको छ। 

खरको छानाहरुमा हुने आगलागीको जोखिम र धनजनको क्षतिलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ गुणस्तरीय कर्कटजस्तापाता स्वदेशमै उत्पादन गरी खरको छानालाई विस्थापित गर्ने अभिप्रयाले नेपालको पहिलो स्टिल उद्योगका रुपमा स्थापना भएको हुलास स्टिलले उद्योगका संस्थापक एवं सञ्चालक स्व. दिवाकर गोल्छाज्यूको ७०औँ जन्मजयन्तीको अवसर पारेर रक्तदान एवम् आर्थिक सहयोग प्रदान कार्यक्रमको आयोजना गरेको हो। 

सुप्रसिद्ध प्रवल गोरखा दक्षिणबाहुबाट सम्मानित स्व. दिवाकर गोल्छाको दूरदर्शिता, मार्गदर्शनहरु, देश निर्माण प्रतिको निष्ठा र औद्योगिकरण तर्फ उन्मुख रही स्वदेशमै रोजगारी सिर्जनाको सूत्रधारका साथै ३० भन्दा बढी उद्योगहरु स्थापना गरी २ हजार ५००० भन्दा बढीलाई रोजगारी प्रदान गर्ने सम्मानित ब्यक्तित्वको सम्मान एवं सम्झनामा हुलास स्टिल दिवस मनाइएको छ।

उद्योगले काठमाण्डौलगायत सिमरा र वीरगन्जमा रक्तदान, आर्थिक सहयोग प्रदान एवम् सम्मान कार्यक्रमको आयोजना गरेको छ।

यसका साथै उद्योगले ‘हुलास स्टिल दिवस’को अवसरमा नयाँ सीआरएम प्लान्ट बाट आफ्नो उत्पादन समेत प्रारम्भ गरेको छ। प्लान्टको उद्घाटन जितपुरसिमरा उमनपाका मेयर राजन पौडेलले गरेका छन्। 

प्लान्ट उद्घाटन कार्यक्रममा बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, बारा जिल्लाका प्रहरी प्रमुख, विशिष्ट व्यक्ति, पत्रकार, राजनीतिक दलका प्रतिनिधिको उपस्थिति रहेको छ। 

सोही अवसरमा कम्पनीमा कार्यरत उत्कृष्ट कार्य सम्पादन गर्ने ११ जना कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरिएको छ।