काठमाण्डौ । देशका अधिकांश ठाउँमा कांग्रेसले शर्मनाक हार व्यहोरिरहेको बेला पार्टीका नेता, कार्यकर्ता र समर्थकहरुलाई समेत सान्त्वना हुने गरी काठमाण्डौ १० बाट राजन केसीले जित हासिल गरे । यो खबर शनिवार बिहान सनसनी भयो । धेरैले केसीलाई चमात्कारिक नेताको संज्ञा दिएका समेत देखियो । 

हुन पनि उनले यस्ता निर्वाचनहरुमा निकै ठूलो जोखिम मोलेर चमात्कार गर्ने गरेका छन् । यसअघि माओवादी अध्यक्ष प्रचण्डलाई हराएर चर्चा बटुलेका उनले यसपटक समेत माओवादीका उपत्यका क्षेत्रका प्रभावशाली नेता हितमान शाक्यलाई हराइदिए ।  

काठमाण्डौ १० नम्बर निर्वाचन क्षेत्रबाट उनले जित हासिल गरेका हुन् । केसी तिनै चमात्कारिक व्यक्ति हुन्, जसले दोश्रो संविधानसभा निर्वाचनमा यही क्षेत्रबाट माओवादी अध्यक्ष पुुष्पकमल दाहाललाई पराजयको स्वाद चखाएका थिए । 

यो पटक पनि केसीले देशभर बाम गठबन्धनको लहरलाई चिर्दै माओवादी केन्द्रका उम्मेद्वार हितमान शाक्यलाई पराजयको स्वाद चखाइदिए । 

यसपटक केसीले २४ हजार १ सय ९० मत ल्याए भने हितमान शाक्य २१ ह्जार ९ सय ७ मतमा सीमित बन्न पुुगे ।