काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले धरान उपमहानरपालिकाले सञ्चालन गरेको ‘सफा धरान, स्वस्थ धरान’ अभियानमा सहयोग गरेको छ।

मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईलाई १० वटा डस्बिन हस्तान्तरण गरेको हो। धरानको भानुचोकमा गरिएको कार्यक्रममा धरान उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष रमेश राई, मेगा बैंकका प्रदेश नम्बर १ का प्रमुख विवेकबन्धु न्यौपाने तथा धरान शाखाका प्रबन्धक सविन श्रेष्ठलगायतको सहभागिता थियो। 

कार्यक्रममा मेयर राईले ‘सफा धरान, स्वस्थ धरान’ अभियानमा साथ दिएकोमा खुसी व्यक्त गर्दै मेगा बैंकलाई धन्यवाद दिए। उनले आगामी दिनमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक कार्य र वित्तीय साक्षरतामा मेगा बैंकसँग सहकार्य गर्नेमा जोड दिए। 

मेगा बैंकबाट हस्तान्तरण गरिएका डस्बिनहरु भानुचोकवरपर राखिने भएको छ।