काठमाण्डौ। नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नयाँ वर्षका लागि आकर्षक ग्राहक योजना ‘सुजुकी ह्याप्पी न्यू कार’ सार्वजनिक गरेको छ। 

यो योजनाअन्तर्गत ग्राहकले २ लाख रुपैयाँबराबरको नगद छुट, १ लाख २५ रुपैयाँसम्म एक्सचेन्ज बोनस, १ वर्षको सवारी बीमा र स्क्र्याच कार्डमार्फत ७५ हजार रुपैयाँसम्म अतिरिक्त छुट पाउनेछन्। 

यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३८ वटै शोरुमहरुमा लागू हुनेछ। सुजुकीका विभिन्न मोडेलहरुका कारहरुबमोजिम फरक–फरक हिसाबका छुटहरु लागू हुनेछन्। 

सुजुकी ब्रान्डले एस्प्रेसो, वागेन आर्, सेलेरिओ, इग्निस्, स्विफ्ट, बलेनो, डिजाएर, सिआज्, ब्रेज्जा, एस्क्रस, एर्टिगा, एक्स्एल सिक्स, इको, इको कार्गो र सुपर क्यारी गरी नेपालमा सबैभन्दा बढी गाडीका मोडेलहरु विक्रीवितरण गर्दै आएको छ। 

यो योजना सीमित अवधिका लागिमात्र जारी गरिएको कम्पनीले जनाएको छ।