काठमाण्डौ । वाह१ अलैंची अभियानले नेपालको विशिष्ट उत्पादन–अलैंचीको प्रयोग गरी तयार गरिने परम्परागत र फ्युजन नेपाली रेसिपीहरुसहितको पहिलो रेसिपी बुक सार्वजनिक गरेको छ।
पुस्तकमा मास्टरसेफ सन्तोष शाह र प्रशिक्षार्थी तथा अन्य सेफहरुबाट विशेष रुपमा छानिएका ४० भन्दा बढी रेसिपी समावेश गरिएका छन्। यसका साथै रेसिपी बुकमा सेकुवा, चिया र खीरजस्ता सदाबहार व्यञ्जनहरुका लागि मसलाहरु तयार गर्ने विधि पनि समावेश गरिएका छन्।
यस पुस्तकमा समावेश गरिएका रेसिपीहरु वाह१ अलैंची अभियानअन्तर्गत पहिलो चरणमा आयोजना गरिएको प्रशिक्षार्थीहरुबीचको खाना बनाउने प्रतियोगिताबाट संकलन गरिएको हो। सो प्रतियोगीतामा अलैंचीलाई मुख्य सामग्रीका रुपमा प्रयोग गरिएको थियो।
प्रयोगितामा विराटनगर, सौराहा र काठमाण्डौका होटलहरुका प्रोफेसनल सेफ तथा कलिनरी विद्यालयका युवा प्रशिक्षार्थीहरुले उत्साहका साथ सहभागी भएका थिए। प्रत्येक रेसिपीलाई काठमाण्डौका प्रोफेसनल सेफहरुको टोलीद्वारा सावधानीपूर्वक चयन र परीक्षण गरिएको थियो।
सन् २०२२ जुलाई महिनामा नेपाल अलैंची व्यवसायी महासंघले उद्योग, कृषि तथा सहकारी मन्त्रालय प्रदेश १, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश १ र स्विस सरकार विकास सहयोगको सहयोगमा होटल एसोसिएसन नेपालसँगको सहकार्यमा वाह१ अलैंची अभियान शुभारम्भ गरेको थियो। यो अभियान घरेलु तथा व्यावसायिक उपभोक्तामाझ अलैंचीको प्रयोग र उपभोगमा सचेतना अभिवृद्धि गर्नमा केन्द्रित रहेको छ।
यसका साथै यो अभियानले नेपाली घरपरिवारलाई अलैंचीको फाइदा र स्वादबारे जानकारी गराउने लक्ष्य राखेको छ।
हाल दोस्रो चरणमा रहेको वाह१ अलैंची अभियानले नेपाली बजार र घरघरमा अलैंचीको प्रयोग र उपभोगलाई प्रवर्द्धन गर्नेछ। यो अभियान अलैंचीलाई प्रवर्द्धन गर्न प्रमुख सरोकारवालाहरुसँगको सहकार्यमा केन्द्रित हुनेछ र साथै रेसिपी बुकको प्रवर्द्धन गर्न सञ्चार माध्यम, निजी क्षेत्र र होटल एसोसिएसनसँग पनि काम गर्नेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago