काठमाण्डौ । आज “काठमाण्डौ किङ्गस ११” ले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिगका लागि पत्रकार सम्मेलनमार्फत आफ्नो टिम सार्वजनिक गरेको छ।
काठमाण्डौ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यको प्रमुख आतिथ्यमा आयोजित उक्त समारोहमा “काठमाण्डौ किङ्गस ११” का कप्तान सन्दीप लामिछाने र पाकिस्तानी टिमका पूर्वकप्तान शाहिद अफ्रिदीसहित टिमहरुको छोटो परिचयात्मक जानकारीका साथ सार्वजनिक गरेका हुन्।
पत्रकार सम्मेलनमा काठमाण्डौ किङ्गस ११ ले जर्सी नम्बरसहित आफ्ना खेलाडीहरुको घोषणा गरेको छ। पाकिस्तानी राष्ट्रिय टिमका पूर्वकप्तान तथा धमाकेदार ब्याट्सम्यान शाहिद अफ्रिदीले जर्सी नं १० लगाएर खेल्ने छन् भने यस्तै ख्यातिप्राप्त अर्को अन्तराष्ट्रिय खेलाडी जनप्रकाशले १६ नम्बरको जर्सी लगाएर खेल्ने छन्।
अफगानी सशक्त ब्याट्सम्यान रेहमानुल्लाह गुर्वाजले भने २८ नं को जर्सी लगाउने छन्। काठमाण्डौ किङ्गस ११ का कप्तान अन्तराष्ट्रियस्तरमा नै आफ्नो बलिङ प्रतिभा प्रदर्शन गरिसकेका सन्दीप लामिछानेले भने जर्सी नं २५ लगाउने छन्।
अरु राष्ट्रियस्तरका खेलाडीहरु गुल्सन झाले जर्सी नं १५, सुवास खकुरेलले जर्सी नं २६, सिद्धान्त लोहनीे जर्सी नं १७ जितेन्द्र मुखियाले जर्सी नं ६५ लगाएर मैदानमा उत्रिने छन्। यस्तै अमित श्रेष्ठ २७ नं जर्सी, राजु रिजाल ५ नं जर्सी, अमर सिंह रौटेला ८१ नं जसीर्, शेर मल्ल ५८ नं जर्सी, सम्सद शेख ७ नं जर्सी, दिपेन्द्र रावत ९ नं जर्सी, आकाश चन्द २४ नं जर्सी र रायन वर्ल ५४ नं को जर्सी लगाएर उत्रने छन्।
काठमाण्डौ किङ्गस ११” टिम एभरेष्ट प्रिमियर लिगको उपाधिकोे दावेदारीका साथ मैदानमा उत्रिन तयार रहेको छ। ६ टिमले प्रतिस्पर्धा गर्ने यो ईपीएल यही असोज ९ गते देखि असोज २५ गतेसम्म कीर्तिपुरको टीयु मैदानमा हुँदैछ।
काठमाण्डौ किङ्गस ११ टिमको मुख्य प्रायोजन शिवम् सिमेन्ट रहेकोे छ भने स्मार्टफोन पार्टनर नोकिया, गोल्ड पार्टनर शिवशक्ति ग्रुपको ‘फेमिली आयल’ र ‘उर्जा राइस’, बैंकिङ पार्टनर ‘सिद्धार्थ बैंक’ र इलेक्ट्रिफाइड पार्टनर ‘लिट्मस केवल’ रहेका छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago