-चन्द्रकान्त खनाल
रुपन्देही । रुपन्देहीको तिलोत्तमामा ९ करोड लगानीमा प्लाष्टिक टंकी उद्योग सञ्चालनमा आएको छ ।
रेसुङ्गा पोलिमर्स प्रालिले तिलोत्तमा नगरपालिका वडा नं. ६ गणेशपुरमा उद्योग सञ्चालन गरी गत व्यवसायिक उत्पादन सुरु गरेको हो ।
पाँचजना पारिवारिक सदस्यहरुको संयुक्त लगानीमा उपभोक्ताको मागका आधारमा जर्मन टेक्नोलोजीमा आधारित उच्च गुणस्तरयुक्त प्लाष्टिक टंकी उत्पादन सुरु गरिएको उद्योगका सञ्चालक सुनिल मरासिनीले बताए।
समयको मागअनुसार प्लाष्टिकका अन्य उत्पादन समेत गर्ने योजनासहित उत्पादन शुरु गरेको रेसुङ्गा पोलिमर्स प्रालिले सुरुको समुयमा ‘रेसुङ्गा’ ब्राण्डमा हेभी, एक्स्ट्रा हेभी, सुपर एक्स्ट्रा हेभी, थ्री लेयर, थर्मल र प्रिमियर गरि ६ प्रकारका २ सय देखि २ हजार लिटर सम्मका टंकी उत्पादन गर्दै आएको छ ।
हाल प्रदेश ५ ६ र ७ का बिभिन्न स्थानमा उत्पादित टंकीको बजारीकरण गर्दै आएको र असार मसान्तपछि काठमाण्डौमा बजार बिस्तार गरिने प्रालिका अध्यक्ष यज्ञश्वर मरासिनीले बताए ।
तिलोत्तमा नगरपालिका वडा नं. ६ गणेशपुरमा आफ्नै स्वामित्वमा रहेको ६ कट्ठा जग्गामा स्थापित उक्त उद्योगको दैनिक ६० हजार लिटर उत्पादन क्षमता रहेको र बजार माग बढी आएमा क्षमता बृद्धि गरिने बताए । उत्पादित टंकीको ९ देखि १८ रुपैंयाँ प्रति लिटर बजार मुल्य रहेको छ । उक्त उद्योगमा हाल २१ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
सरकारले मुलुकको औद्योगिक बिकास गरि समृद्धि हासिल गर्ने लक्ष सहित लगानी आह्वान गरिरहेको छ । तर उद्योगमा लगानी गरेर देशको औद्योगिक तथा आर्थिक बिकासमा योगदान गर्ने वातावरण राम्रो छैन । एउटा उद्योग सञ्चालन गर्न कति कठिन छ भन्ने कुरा आफैले लगानी गरेर उद्योग सञ्चालन गर्दा मात्रै थाहा पाएको सञ्चालक सुनिल मरासिनीले बताए । एउटा उद्योग सञ्चालन गर्दा उद्योगीलाई राम्रो परामर्श सल्लाह गर्ने भन्दा पनि सरकारका कतिपय अंगहरुले अफ्ठ्यारोमा मात्रै पार्ने काम गरेको उनको गुनासो रहेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19