काठमाण्डौ । भाटभटेनी सुपरमार्केटको १६औं आउटलेट ललितपुरको सातदोबाटोमा खुलेको छ ।
भाटभटेनी ग्रुपका अध्यक्ष तथा प्रबन्धनिर्देशक मीनबहादुरले गुरुङले शुक्रबार (२०७६ जेठ ३ गते) उक्त आउटलेटको उद्घाटन गरेका हुन् ।
उद्घाटनका अवसरमा विभिन्न वस्तुमा १० प्रतिशत छुट घोषणा गरिएको छ।
भाटभटेनी ग्रुपकाअनुसार नयाँ आउटलेट विस्तारको अवसरमा किचेनवेयर, रेडिमेड गार्मेन्ट, सारी, कुर्ता, जुत्ता–चप्पल, इलेक्ट्रोनिक्स र कस्मेटिक सामानमा १० प्रतिशत छुट दिइएको छ ।
उद्घाटनका दिन नयाँ आउटलेटमा सर्वसाधारणको बाक्लो भिड लागेको छ।
नेपालको सहरी सपिङ कल्चरमा ट्रेन्डसेटर मानिने भाटभटेनी सहरमा सजिलो किनमेलको पर्याय बनिसकेको छ । त्यसले गर्दा नै नयाँ आउटलेट खुलेकै दिन सर्वसाधारणको भिड लागेको हो ।
दैनिक उपभोग्यवस्तु, गार्मेन्ट लगायत घरायसी आवश्यकताका सबै सामान एकै ठाउँमा प्रतिस्पर्धी मूल्यमा पाइने हुँदा भाटभटेनीको लोकप्रियता दिनदिनै बढ्दै गएको हो ।
टंगालबाट सुरु भएको भाटभटेनी सुपरस्टोर उपत्यकामा चुच्चेपाटी, भक्तपुर, कोटेश्वर, महाराजगञ्ज, कलंकी, अनामनगर, त्रिपुरेश्वर, पुल्चोक, बालाजुमा यसअघि नै सञ्चालनमा आइसकेका छन् ।
उपत्यकाबाहिर धरान, नारायणगढ, पोखरा, बुटवल, विराटनगरमा भाटभटेनीका आउटलेट छन् । इटहरी, नेपालगञ्जमा, भैरहवामा पनि निकट भविष्यमै आउटलेट खोल्ने योजना भाटभटेनी ग्रुपको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago