काठमाण्डौ । रमदान र ईदको अवसरमा कतार एयरवेजले कतार च्यारिटीसंगको सहकार्यमा एक सी.एस.आर. (संस्थागत सामाजिक उत्तरदायित्व) कार्यक्रम गरेको छ ।
अन्डरप्रिभिलेज्ड चिल्ड्रेन्स एजुकेसन प्रोग्राम नेपाल, प्रयास नेपाल, साङ्ग्रीला अफ्र्यानेज होम, र मैंत्रेय फाउन्डेसन नेपालका एक सय बालबालिकाका लागि यो कार्यक्रम आयोजना गरिएको थियो ।
होटल अन्नपूर्णमा भएको यस कार्यक्रमको उदघाटन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थाममाया थापाले गरेकी थिइन ।
कार्यक्रममा बालबालिकाको मनोरञ्जनका लागि म्युजीकल चेयर, डोरी तान्ने (टग अफ वार), अनुहारमा चित्र बनाउनुका साथै अन्य थुप्रै खेलहरु खेलाइएका थिए। यस कार्यक्रममा सहभागी हुने सबै बालबालिकाहरुलाई कतार एयरवेज नेपालका प्रमुख मोहम्मद एल इमामद्वारा उपहार वितरण गरिएको थियो।
‘ईदको अवसर पारी सी.एस.आर. कार्यक्रमद्वारा बालबालिकाहरुको मनोरञ्जन दिने यो एक प्रयास हो।’ इमामले विज्ञप्तिमा भनेका छन् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19