काठमाण्डौ । काल्र्सबर्ग गल्फ सिरिज् २०१९ को दोस्रो लेग अर्थात् देशको सबैभन्दा प्रतिष्ठित गल्फिङ इभेन्टको दोस्रो सिरिज भव्य रुपमा सम्पन्न भएको छ ।

प्रतियोगितामा देशका प्रमुख उदयमान गल्फरहरुको कडा प्रतिस्पर्धा र गल्फप्रतिको उत्साह देखिएको थियो ।

तीनवटा सिरिजमध्येको पहिलो सिरिजमा आफ्नो होम क्लबहरुको भ्यालिड ह्याण्डी क्याप भएका देशभरिका उदयमान–गल्फरहरुलाई पनि यस इभेन्टमा सुनौलो मौका प्रदान गरिएको थियो । यो सिरिज ३ः४ ह्याण्डी क्यापका साथ स्टेबेलफोर्ड फम्र्याटमा खेलिएको थियो ।

प्रतियोगिता भरत बस्ताकोटीले ३८ अंकप्राप्त गरी टप पोजिसन हासिल गरेर नेट विजेता भएका छन् भने टासी छिरिङ डङले ३६ ग्रस अंकप्राप्त गरी दोस्रो सिरिजको ग्रस च्याम्पियन बन्न सफल भएका छन्।

त्यस्तै राजेन्द्र श्रेष्ठ ३७ अंक काउन्ट ब्याकका साथनेट उप–विजेता र एनजे रायमाझी ग्रस ३७ अंक काउन्ट ब्याकका साथ ग्रस विधामा नेट उपविजेता बनेका छन् ।

३७ अंक काउन्ट ब्याग साथ आश्रिया बानु महिलातर्फका विजेता बन्न सफल भएकी छिन् भने ३७ अंकका साथ कश्मीरा शाह उपविजेता भएकी छिन् ।

यसैगरी ६० वर्ष रत्यसभन्दा माथिका सहभागीहरुका सिनियर विधामा ३६ अंकका साथदिलिप रायमाझी काउन्ट विजेता भए भने ३५ अंक काउन्ट ब्यागका साथ एनबी रावलउप विजेता बन्न सफल भए।

४ बर्डिजकासाथ तेन्जिङ छिरिङले मस्ट बर्डिजको उपाधि जिते । दाबा जे शेर्पा र आरएम श्रेष्ठले भने क्रमशः लङ्गेस्ट ड्राइभ र क्लोजेस्ट टु द पिन जिते ।

सेकेन्ड सिरिजमा भरत बस्ताकोटीले नेट क्याटगोरीमा १ ५० अंकले लिड गरिरहेका छन् भने टासी छिरिङ डोङ १०५ ले दोस्रो स्थानमा छन् । अजय बी शाह १०० अंकले तेस्रो स्थानमा, एनजे रायमाझी ७५ अंकले चौथो र श्याम सिम्खडा ७० अंकले पाँचौँ स्थानमा छन् ।

ग्रस सेक्सनमा १ ५० अंकका साथ टासी छिरिङ डङ लिडरबोर्डको टपमा छन् । यसैगरी एनजे रायमाझी  १०५ अंकका साथ दोस्रो स्थानमा छन् भने १०० अंकका साथ पृथ्बी मल्ल र सुरेन्द्र फुयाल तेस्रो स्थानमा छन् ।

३:४ ह्याण्डी क्यापका साथ स्टेबेलफोर्ड फम्र्याटमा खेलिएको यस प्रतियोगितामा १८ वटा होल्स थिए र ८४ गल्फर सहभागी भएका थिए।गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरेले भन्नुभयो, “सन् १९९० देखि नेपालमा गल्फ खेलको गौरव शाली प्रायोजक रहेको काल्र्सबर्गले प्रतिभाशाली उदयमान गल्फरहरुलाई अघि आएर आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गर्दै काल्र्सबर्ग गल्फ सिरिजले साँच्चै नै लामो बाटो तय गरेको छ । गल्फसँगको काल्र्सबर्गको आवद्धता दशकौं लामो साथबाट बनेको छ किनकि नेपालमा गल्फको सुरुवात भएदेखि नै काल्र्सबर्ग सहयोगी प्रायोजकका रुपमा अगाडि आइरहेको छ ।”

गोर्खा बु्रअरीका बजार प्रबन्धक रोजन अमात्यले भन्नुभयो, “यस प्रतियोगिताप्रति हामीले निकै नै उत्कृष्ट प्रतिक्रिया प्राप्त गरेका छौं र हामी समस्त सहभागीहरुलाई हार्दिक आभार व्यक्त गर्दछौं । यसका साथै हामी हाम्रो पार्टनर गोकर्ण फरेस्ट रिसर्टलाई पनि यो प्रतियोगितालाई सफल बनाउन निरन्तर साथ दिएकोमा धन्यवाददिन चाहन्छौं ।”

गोकर्ण फरेस्ट रिसर्टका प्रमुख गल्फ निर्देशक दीपक आचार्यका अनुसार काल्र्सबर्ग गल्फ सिरिज् उदयमान गल्फरहरुका लागि प्रतिस्पर्धात्मक गल्फ खेल्न एक उत्कृष्ट मञ्च हो । ‘‘गोकर्ण रिजर्टको तर्फबाट म काल्र्सबर्गलाई गल्फमा निरन्तर सहयोग गरिरहेकोमा हार्दिक धन्यवाददिन चाहन्छु । यस्तो प्रायोजनले नेपालमागल्फको उत्थान तथा विकासमापक्कै पनि मद्दत मिल्ने छ”, उहाँले भन्नुभयो ।