काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले एसईई पढ्न इच्छुक विद्यार्थीलाई सहयोगार्थ ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

बैंकले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र कालिकोटलाई कालिकोट सामुदायिक विद्यालयको विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधार गर्न समावेशीताका आधारमा गरीव, अपाङ्ग, द्वन्द्वपीडित, दलित, महिला र आदिवाशीलाई एसईई पास भई काठमाण्डौमा अध्ययन गर्न इच्छुक ६ जना विद्यार्थीलाई छात्रवृत्तिका लागि उक्त रकमबराबरको चेक प्रदान गरेको हो । उक्त चेक बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिल गुरुङले कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र कालिकोटका अध्यक्ष टेक राजशाहीलाई हस्तान्तरण गरेका थिए।

हालैमात्र बैंकको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी गत भाद्र १ देखि कार्तिक ३० गतेसम्म लागू हुने गरी रेमिट्यान्स (विप्रेशण) केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसँग खुसीको वहार’ अभियान सञ्चालन गरेको बैंकले जनाएको छ ।