काठमाण्डौ । सबैतिर पत्रपत्रिकाको पहुँच छैन । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गतिविधि र ज्ञानवद्र्धक विषयबारे जानकारी पाउन अहिले सञ्चारप्रविधिको विकासले निकै सहज पुर्याएको छ ।
अहिले डिजिटल पोर्टलहरुमा राखिएका गतिविधिहरु क्षणभरमै सबैले थाहा पाउने अवस्था छ । यही सञ्चारप्रविधिमार्फत लोकसेवा परीक्षाको तयारी गरिरहेकाहरुलाई थप सहयोग मिलोस् भनेर डिजिटल अनलाइन पोर्टल ‘बिजशाला’ ले नेपालमै पहिलोपटक यो अभियानको नेतृत्व गरिरहेको छ । हाम्रो यो अभियान लोकसेवा परीक्षामा सहभागी हुने उम्मेदवारहरुका लागि उपयोगीसिद्ध होस् भन्ने कामना हो ।
कम समयमै हाम्रो यो अभियानले लोकप्रियता हासिल गरेको छ। तपाइँका केही जिज्ञासा वा सुझाव छन् भने हामीलाई निर्धक्क भएर सम्पर्क गर्न होस् । हामी तपाइँका जिज्ञासा मेट्ने प्रयास गर्ने छौँ ।
महत्वपूर्ण समसामयिक
संस्कृतिविद् सत्यमोहन जोशीको तस्बिरअंकित सिक्का सार्वजनिक
शताब्दी पुरुषको सम्मान गर्दै नेपाल राष्ट्र बैंकले वि.सं. २०७६ भदौ २४ गते संस्कृतविद् सत्यमोहन जोशीको तस्बिरअंकित सिक्काहरू सार्वजनिक गरेको छ । रु. १००, रु. १००० र रु.२५०० दरका सिक्काहरू अर्थमन्त्री डा. युवराज खतिवडाले जोशीको जन्म शताब्दीका अवसर पारी सार्वजनिक गर्नुभएको थियो ।
नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग, टक्सार महाशाखाबाट निकालिएको रु. २५०० को सिक्काको तौल २५ ग्राम, रु. १००० को सिक्काको तौल १० ग्राम र रु. १०० को सिक्काको तौल ८.५ ग्राम रहेको छ । त्यस्तै रु. १०० का १० हजार सिक्का, रु. १००० का २५ हजार सिक्का र रु. २५०० का २५ हजार सिक्काहरु निष्कासन गरिएको छ ।
मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन
वि.सं. २०७६ भदौ २४ गते दक्षिण एसियाकै पहिलो क्रस बोर्डर पेट्रोलियम पाइपलाइनका रूपमा रहेको यो पाइपलाइनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा गर्नुभएको थियो ।
दुवै मुलुकका प्रधानमन्त्रीले ‘हाइटेक’ प्रविधिबाट पाइपलाइन उद्घाटन गरेका थिए । रिमोटको सेन्सर हुँदै कम्प्युटरको सेन्सरमार्फत अमलेखगन्जस्थित डिपोको युनिटको भल्व खुलेको छ र त्यसपछि पाइपलाइनमार्फत नियमित रूपमा तेल आपूर्ति सुरु भएको छ । परीक्षणका क्रममा पाइपलाइनमा तेल भरिएको हुनाले मोतिहारीबाट छोड्नेबित्तिकै अमलेखगन्जमा तेल आइपुगेको थियो ।
वि.सं. २०७६ साउन २ गते पहिलो पटक मोतिहारीबाट पाइपलाइन हुुँदै अमलेखगन्ज डिपोमा डिजल आइपुगेको थियो । मोतिहारीबाट हालिएको हजार किलोलिटर डिजल १८ घन्टापछि अमलेखगन्ज डिपोमा आइपुगेको थियो । पाइपलाइनको सुरक्षाको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ । मोतिहारीदेखि रक्सौलको नेपाल–भारत सीमासम्म ३२.८० किलोमिटर र सीमादेखि अमलेखगन्जस्थित निगमको क्षेत्रीय डिपोसम्मको ३६.२८ किलोमिटर गरी ६९.०८ किमी मा पाइप बिछ्याइएको छ ।
तलको प्रश्नसेट हल गर्नुहोस्–
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago