काठमाण्डौ । हन्सराज हुलासचन्द एन्ड कम्पनी प्रालि केटीएम बाइकको एकमात्र वितरक हो ।

ऐतिहासिक युरोपियन मोटरसाइकल उत्पादक केटीएमले काठमाडौंको सानोगौचरनमा नयाँ सर्भिस सेन्टर खोलेको हो । यस सर्भिस सेन्टरमा एकै चोटि २० वटा बाइक सर्भिसिङ गर्ने क्षमता छ, जुन केटीएमको नेपालमा रहेको सर्भिस सेन्टरहरुमध्येकै अहिलेसम्मको सबैभन्दा ठूलो सर्भिस सेन्टर हो ।

नयाँ सर्भिस सेन्टरले केटीएमका ग्राहकहरुलाई प्रिमियम सर्भिसको अनुभूतिको साथै अत्याधुनिक उपकरण र दक्षप्राविधिकहरुद्वारा उत्कृष्ट सेवा प्रदान गर्नेछ । सर्भिस सेन्टरको मुख्य लक्ष्य भनेको नेपालमा बढिरहेका रेसिङ उत्साहीहरुलाई अतुलनीय अनुभूति प्रदान गर्नु हो ।

केटीएम विश्वभरमै अफ–रोड बाइकिङ सेग्मेन्टमा सबैभन्दा अग्रणी स्थानमा रहेको छ । हालको दशकमा कुनै अन्य ब्रान्ड अफ–रोड मोटरसाइकल रेसिङमा यत्तिको सफल भएको छैन । 

अहिलेको दिनसम्ममा केटीएम बाइकहरुले २९१ वटा विश्व च्याम्पियनसिप उपाधिहरु जितिसकेका छन् । जसमा सबैभन्दा गाह्रो र सबैभन्दा प्रख्यात डकर र्याली पनि समावेश छ ।