काठमाण्डौ । आफ्नो शाखा सञ्जाल विस्तारका क्रममा बिहीबार प्राइम कमर्सियल बैंक लिमिटेडले काठमाण्डौको बुढानीलकण्ड नगरपालिकास्थित चपलीमा शाखाको शुभारम्भ गरेको छ । यस शाखाको सञ्चालनपछि बंैकको शाखा कार्यालय संख्या ९७ पुगेको छ।
स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा एक समारोहका बीच बुढानीलकण्ड नगरपालिका मेयर उद्धवप्रसाद खरेल तथा बैंकका सञ्चालक गजेन्द्र बिष्टले शाखा कार्यालयको संयुक्त रुपमा उद्घाटन गरे। यही क्रमलाई निरन्तरता दिंदै बैंकले आगामी दिनमा पनि शाखाहरुको सञ्जाल विस्तार गर्दै लगी आफ्नो सेवा दिन अग्रसर रहेको प्रतिवद्धता प्रकट गरेको छ ।
बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउने प्रतिबद्धता गरेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19